Comments Add Comment

सगुन एपबारे श्रद्धा कपुरले भनिन –म सगुनको मात्र कुरा गर्छु !

२५ पुस, नयाँदिल्ली । बलिउडकी नयाँ पुस्ताकी लोकप्रिय हिरोइन् हुन् –श्रद्धा कपुर । पछिल्लो समय धेरै आस गरिएको हिन्दी फिल्म चन्दामामा दुरकेको प्रवद्र्धनलाई छाडेर उनी नेपालीहरूले डेभलप गरेको सोसियल विजनेस साइट सगुन डटकमको मोवाइल एप सार्बजनिक गर्न दिल्ली आइपुगिन् । मुम्बइबाट सिधै दिल्ली आएकी उनले यहाँको पाँचतारे होटल द ललितमा आयोजित भब्य समारोहमा सगुनको मोवाइल एप सार्वजनिक गरिन् ।

विश्वभर प्रतीक्षा गरिएको सगुनको मोवाइल एन्डोइड एप सार्बजनिक पछि उनी दिल्लीका देशी विदेशी संचारकर्मीबाट घेरिइन् । उनलाई आउन लागेको फिल्मका बारेमा पत्रकारले बारम्बार प्रश्न तेस्र्याइरहे । उनले हरेक पटक सगुनको एपबाहेक अरु विषयमा जवाफ दिन इन्कार गरिरहिन् ।

‘म यहाँ सगुनको कार्यक्रममा भाग लिन आएकी हुँ,’ उनले भनिन्, ‘सगुनबाहेक अरु कुनै कुराको जवाफ दिन मलाई बाध्य नपार्नुहोला ।’ उनले सगुनको एपमा रहेका माइ डे, मुड टक, सेक्रेटजस्ता फिचर साँच्चै युनिक, इनोभेटिभ र उत्कृष्ट रहेको बताइन् ।

सगुनको एप निकै चाखलाग्दो भएको उनले बताईन् । ‘तपाईंका सम्बन्धित सबैलाई सम्पर्कमा राख्न यसले निकै सघाउँछ,’ उनले भनिन्, ‘मलाई मेरो फिल्मी करियरमा समेत यसले सघाउने अपेक्षा छ ।’ क्यालेन्डर व्यवस्थित गर्न, गोप्य सामग्री साथीहरूलाई पठाउन यो निकै उपयोगी हुने दावी उनले गरिन् ।

एप सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि रहेकी बलिउड अभिनेतृ श्रद्धाले सगुनका संस्थापक गोविन्द गिरीलाई यति उत्कृष्ट सोसियल प्लेटफर्मको विकास कसरी गर्नु भयो भनेर प्रश्न गरिन् ।

‘मैले ध्यान गरेर यस्तो एप विकास गर्न सकें, ध्यान गर्दा मलाई सबै आइडिया आएको हो, ’ गोविन्दले भने । गोविन्दको जवाफ सुनेर उनी केही बेर चकित भइन् । गोविन्दबाट प्रभावित भएकी श्रद्धाले भनिन्, ‘म पनि अब ध्यान गर्छु,’ सगुनले एप डाउनलोड गर्नेमध्ये ५ जनालाई श्रष्द्धासँग सेल्फी खिच्ने अवसर दिएको थियो ।

श्रद्धाले अधिकांश समय सगुनको प्रसंसामा खर्चिएकी थिइन् । उनले आफू यस्तो उपयोगी एप डेभलप गरेको देखेर सगुनका संस्थापक गोविन्द गिरीबाट निकै प्रभावित भएको बताइन् ।

सगुनका सहसंस्थापक कविन सिटौलाले विश्वका स्टार्टअप कम्पनीहरुले ग्लोबल लंचिगमा गर्ने जस्तै भब्य समारोह आयोजना गरिएको बताए । ‘फेसवुक, ट्वीटर, गुगलजस्ता कम्पनीले गरेको जस्तै विश्वको ध्यान तान्ने गरी एप लंचिग गरेका हौं,’ उनले भने ।

सगुनले मोवाइल एप प्ले स्टोरमार्फत सार्वजनिक गरेको हो । सगुनको एप प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । आइफोन प्रयोगकर्ताका लागि एप स्टोरमा पनि छिट्टै यो एप सार्बजनिक हुने सगुनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment