+
+
Shares

नख्खु कारागारकाे क्षमता विस्तार गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २७ गते १६:३२

२७ पुस, ललितपुर । नख्खु कारागारकाे क्षमता विस्तार गरिने भएकाे छ । अहिले ५ सय जना कैदी अट्ने क्षमता भएकाे कारागारमा क्षमता विस्तार गरी १ हजार कैदी अट्ने बनाउन लागिएकाे हाे ।

कारागार प्रमुख टेकबहादुर केसीले ५ सय क्षमता थप हुन लागेको बताए । ‘पुरुष कैदी/बन्दी राख्ने २५० क्षमताको एउटा ब्लक र अर्काे त्यति नै क्षमताको महिला ब्लक बनाइएको छ’, उनले भने, ‘पुरुषलाई राख्न बनाइएको ब्लकमा कैदी/बन्दी बस्न थालिसकेका छन् ।’

महिला राख्ने ब्लक भने छिट्टै निर्माण सकिएर सञ्चालनमा आउने उनले बताए ।

“ठेकेदारले ढिलाइ गरेकाले केही समय लम्बियो, अब असारसम्ममा यहाँ महिला कैदी सारिने छ,” कागारागर प्रमुख केसीले भने ।

पहिले यहाँ सामुदायिक पुनःस्थापना केन्द्र (सिआरसी) र लागू औषध पुनःस्थापना केन्द्र (डिआरसी) गरेर दुईवटा ब्लक भूकम्पका समयमा क्षतिग्रस्त भएकाले पुनः निर्माण भइरहेको हो ।

लामो समयसम्म पालमा बसेका दुईवटा ब्लकका कैदीबन्दी अस्थायी टहरामा बसिरहेका छन् ।

अस्थायी भनिने टहरा पनि पछिसम्म काममा आउने उल्लेख गर्दै कारागार प्रमुख केसीले भने, “अस्थायी टहरा पनि कैदीबन्दी राख्न वा कार्यालयका अरू कामका लागि प्रयोग गर्न मिल्ने खालका छन् ।”

कारागारमा कैदीबन्दीका लागि मनोसामाजिक उपचार केन्द समेत निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?