+
+
Shares

प्रदेश प्रमुख नियुक्ति गर्न सरकारलाई आयोगको पुनः आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २८ गते १५:३३

२८ पुस, काठमाडौं । निर्वाचन आयोगले प्रदेश प्रमुख नियुक्ति गर्न सरकारलाई पुनः आग्रह गरेको छ । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुँदैछ । र, निर्वाचन कार्य तालिका समेत प्रकाशित भइसकेको छ ।

प्रदेशसभाको प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको नतिजा प्रदेश प्रमुख समक्ष बुझाउनु पर्ने व्यवस्था रहेको छ । त्यसैले आयोगले प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई आग्रह गरेको हो ।

आयोगका सह–सचिव एवं प्रवक्ता नवराज ढकालले निर्वाचन प्रक्रियामा प्रभाव पर्न सक्ने सम्भावना देखिएकाले सरकारलाई प्रदेश प्रमुख नियुक्ति गर्न आग्रह गरिएको बताए ।

उनका अनुसार शुक्रबार आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार प्रदेश प्रमुख नियुक्ति गर्न सरकारलाई आग्रह गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?