Comments Add Comment

कलर्सले ल्यायो अगाडि २ क्यामेरा भएको फोन एस ११


२८ पुस, काठमाडौं । कलर्स मोबाइलले आफ्नो एस सिरिज समूहअन्तर्गत एक नयाँ ढाँचाको नवीनतम् मोबाइलफोन एस ११ लाई सार्वजनिक गरेको छ । एस ११कलर्स मोबाइलको एस सिरिजमा आएको एक त्यस्तो अत्याधुनिक नवीन फोन हो, जसमा मेडियाटेक ६७३७ डब्लु चिपसेट जडान गरिएको छ ।

मिडिया टेक इन्कर्पोरेटेडका (एशिया र अफ्रिकाको कर्पोरेट सेल्स एण्ड बिजनेश डेभलपमेन्ट) तर्फको उपमहाप्रबन्धक आर्थर वाङ र टेलिटक निर्देशक प्रतिक जालान र दराज केमू प्रालिका प्रबन्ध निर्देशक राजीव अमात्यसँग संयुक्त रुपमा उक्त नयाँ मोबाइल फोन सार्वजनिक गरे ।

प्रस्तुत नयाँ स्मार्टफोन प्रभावशाली दोहोरो क्यामराका साथ उपलब्ध छ भनें विशेषतः यो फोन जसको खास अधिकतम बजार मुल्य रु.१६,४९५ रहेको भएता पनि २४ प्रतिशत छुटका साथ दराज डट कम डट एनपिका लागि विशेष मुल्य रु.१२,४९५ कायम गरिएको छ ।

यसका साथै ग्राहकले १२०० एमबिएनसेल डाटा एवं दराजमा अर्को पटकको खरीदमा २५० रुपैयाँ छुटको गिफ्ट भाउचर पनि सित्तैंमा पाउनु हुनेछ । कलर्स मोबाइलले यस प्रकारले स्मार्टफोनलाई बजारमा पेश गरेको हालसम्म कै यो पहिलो अवसर हो ।

फेानमा ८ मेगापिक्सल क्षमताको दुई क्यामरा अगाडी रहेका छन् भनें ८ मेगापिक्सलकै एक क्यामरा पछाडी भगमा रहेको छ । यो फोन ती पलहरुका लागि विश्वसनीय छ जब एकले सेल्फीमा हरेकलाई समेट्न चाहन्छ वा पृष्ठभूमिको सुन्दर दृश्यहरुलाई कैद गर्न चाहन्छ । अर्कोलाई प्रभावशाली एस ११ सँग चिडचिडाउनु पर्ने छैन ।

‘नवीनखोज सम्भव भएसम्म धेरै मानिसहरुद्वारा अनुभव गरिनु पर्दछ । यही नै हो जसले कलर्स मोबाइललाई अघि बढाइरहेको छ । हुनतः दोहोरो क्यामरा फोन सन् २०११ मा पहिलो पटक प्रस्तुत गरिएको थियो, अहिले यो हरेक मोबाइल फोनमा नभै नहने विशेषता नै भैसकेको छ । हामीले यो अद्वितीय ह्याण्डसेटलाई उत्कृष्ट परिचयात्मक मूल्यका साथ दराज वेबसाइट र दराज एपमार्फत् उपलब्ध गराइरहेका छौं,’ टेलिटक प्रालिका निर्देशक प्रतिक जालानले उक्त बताए ।

यो नयाँफोन मेटालिक पूर्णताका साथफिन्गर प्रिन्ट सेन्सरले भरपूर छ । यसको बाहिरी बनावट देख्नमा र महसुस गर्नमाअति नै उत्कृष्ट कारीगरीपूर्ण छ ।

यसमा ३ जिबी र्‍याम र १६ जिबी रोम छ भनें यस्को संचालन एण्ड्रोइड एन (नउगाट ७.०) बाट गरिएको छ । यसको अत्यन्तचौडाई भएको ५.२ इन्चको स्क्रीनको मद्दतबाट प्रयोगकर्ताहरुले च्याट गर्न, फिल्म हेर्न आदिको अनुपमअनुभव बटुल्न सक्नेछन् ।

यस एस ११ फोनमा पेश भएको अद्भूत विशेषता भनेको फोनको दुवै साइडमा दुई वटा सिम कार्डहरु -४जि र ३ जि) राख्ने २ स्थान हुनु अनि एउटा एसडि कार्डको स्थान हुनु हो, जुन एउटै समयमा प्रयोग गर्न सकिन्छ ।

‘नेपालमा कलर्स मोबाइलसँग हाम्रो अत्यन्त महत्वपूर्ण र लामो समयदेखिको सहकार्य रहँदै आएको छ । हामी यस प्रकारको नवीनतम उत्पादन, जसलाई आजका युवा पुस्ता, स्टाइलिस र टच फोन प्रेमी प्रयोगकर्ताहरुलाई मध्यनजर राखेर उनीहरुले चाहे जस्तै सुपथ मूल्यमा उत्कृष्ट विशेषताहरुले भरिएको अद्वितीयफोन प्रस्तुत गर्न सफल भएकोमा कलर्स टिमलाई हार्दिक बधाई दिन चाहन्छौं । हामीलाई आशा छ कि मिडिया टेक ६७३७ डब्लुका साथ कलर्स मोबाइलले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट स्मार्ट फोन उपलब्ध गराउने कार्यमा एक अर्को अभूतपूर्व सफलताको अध्याय निर्माण गर्नेछ,’ मिडिया टेक उपमहाप्रबन्धक आर्थर वाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment