शनिबार, ९ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

‘नेपालका अधिकांश बुद्धिजीवी भ्रष्ट छन्’

Suzuki
अनलाइनखबर

राम लोहनी, प्राध्यापक एवं बुद्धिजिवी

साहित्य, कला र बौद्धिक व्यक्तिहरुको विचलनका विषयमा भाषाशास्त्री एवं बौद्धिक चिन्तक राम लोहनीका विचार

देशका घटनाक्रमलाई नियाल्ने धेरै हुन् सक्छन् तर ती घटनाक्रमको ऐतिहासिक अध्ययन गर्दै तिनले भविष्यमा पार्ने अप्ठ्याराका विषयमा आकलन गर्नसक्ने बौद्धिक व्यक्ति कमै छन् ।

नेपालमा बौद्धिक व्यक्तित्व कुनै न कुनै दलको पिछलग्गु भएका कारण सत्य कुरालाई देखे पनि सत्य भन्न सक्ने आँट धेरै बुद्धिजीवीले गुमाइसकेका छन् । नेपालमा बुद्धिजीवीका केही संंगठित संस्था नभएका होइनन् तर ती संस्था पनि दलका एजेन्डालाई बौद्धिक लेपन दिन जन्मिएका हुन् कि भन्ने आभास हुन्छ ।

कतिपय बौद्धिक जगत जनताको उभार जता छ, त्यसैलाई सही भन्दै आफू लोकप्रिय हुने प्रयासमा छन् । यही कारण नेपालका मानिस कांग्रेस, एमाले, माओवादी, मधेशवादी, पहिचानवादी सबै छन् तर नेपाली छैनन् भन्ने आहान लोकपि्रय हुँदै गएको छ ।

प्रस्तुत छ, अनलाइनखबरकर्मी अश्विनी कोइरालाले नेपालका बुद्धिजीवी प्रवृत्तिको सोधखोज गर्ने उद्देश्यले प्राध्यापक राम लोहनीसँग गरेको अन्तर्वार्ताः

नेपालका बुद्धिजीवी वर्गका प्रवृत्तिलाई कसरी हेर्नु भएको छ ?

सबैभन्दा पहिले त म तपाईंको प्रश्नलाई नै अलिकति सच्याउँछु । संसारभरि बुद्धिजीवी भन्नाले बुद्धिको सिर्जना गर्ने व्यक्तिलाई मानिन्छ । यस अर्थमा भन्ने हो भने तपाईंको जुन प्रश्न छ, त्यो स्तरका नेपाली जन्मिएका छैनन् ।

तपाईंले बुद्धिजीवी भनेर जसलाई संकेत गरिरहनु भएको छ, उनीहरु केही नयाँ सिर्जना गर्नसक्ने ल्याकतका छैनन् । यस्ता मानिसलाई बुद्धिजीवी भन्नु नै कति सही हो भन्ने प्र्रश्न उब्जन्छ ।

त्यसो भए नेपाल बुद्धिजीवी शून्य देश हो भन्न खोज्नु भएको हो ?

बुद्धिजीवी बसेको देश यति भ्रष्ट र यति लाजमर्दो हुँदै हुँदैन । सच्चा बौद्धिक व्यक्तिका अगाडि यति निर्लज्ज तरिकाले माथिबाट जे फरमान जारी भयो, त्यसलाई तलबाट सही छाप लगाउने काम नै हुँदैन ।

नेपाल बुद्धिजीवीशून्य देश भन्न खोजेको होइन । एकादुई छन् तर चुपचाप छन् । बाँकी सबै भ्रष्ट छन् । कोही बुद्धिबेचुवा भ्रष्ट छैन भने बुझ्नु होला, ऊ अवसर नपाएर भ्रष्ट नभएको हो । तपाईं हामी बुद्धिबेचुवा आजसम्म भ्रष्ट नहुनुको कारण महान भएर होइन, भ्रष्ट हुने अवसर नपाएर हो ।

हामी जसलाई बुद्धिजीवी भनिरहेका छौं, उनीहरु ‘बुद्धि बेचुवा’ हुन् । नेपालका बुद्धिजीवीसँग अध्ययन छैन, के ठीक र के बेठीक छ्ट्याउने क्षमता पनि छैन । उनीहरु कुनै अमूक दल, अमूक संस्था वा अमूक विचारका पछि लागेर उनीहरुले चाहेअनुसारको बुद्धि बेचेर जीविका चलाउने काम मात्र गरिरहेका छन् ।

यसको अर्थ नेपाल बुद्धिजीवी शून्य देश भन्न खोजेको होइन । एकादुई छन् तर चुपचाप छन् । बाँकी सबै भ्रष्ट छन् । कोही बुद्धि बेचुवा भ्रष्ट छैन भने बुझ्नु होला, ऊ अवसर नपाएर भ्रष्ट नभएको हो । तपाईं हामी बुद्धि बेचुवा आजसम्म भ्रष्ट नुहुनुको कारण महान भएर होइन, भ्रष्ट हुने अवसर नपाएर हो ।

हामी के कारणले यस्तो भयौं ?

यसका सामाजिक, आर्थिक र सांस्कृतिक कारण छन् । हाम्रो समाज सामन्ती संस्कारबाट आएको समाज हो । राणाकालमा जागीर भन्नु नै चाकडीमा जानुलाई मानिन्थ्यो । जोसँग बुद्धि छ, ऊ ठूलो हुँदैन्, बरु जोसँग शक्ति छ, ऊ ठूलो मानिन्छ ।

मानिसहरु राजनीतिक परिवर्तनले सामन्ती प्रथा हटेको मान्छन् तर आज पनि जो व्यक्ति कुनै अमूक नेता वा पार्टीको नजिक छ, उसले नै पद र अवसर पाउने अवस्था छ । राजनीतिक परिवर्तनले व्यक्तिको शक्ति परिवर्तन गर्‍यो तर हाम्रो सामाजिक संस्कार उही छ । कुुनै भिन्नता म देख्दिनँ ।

आर्थिक रुपमा हामी जर्जर छौं । छात्रवृत्तिका लागि दूतावासलाई खुशी पार्नुपर्ने अवस्था छ । नेता वा दलको नजिक नभई कुनै पनि बौद्धिक व्यक्तिले अवसर नपाउने भएपछि स्व्ातः हरेक व्यक्ति माथि जान उसको कुनै न कुनै रुपमा भजन गाउन बाध्य छ ।

हामी सम्बन्धलाई महत्व दिने सामाजमा बस्छौं । कोही व्यक्तिले कसैका विषयमा बोल्नुअघि त्यसले कुन-कुन सम्बन्धलाई असर पार्छ, त्यो हाम्रो दिमागमा आइहाल्छ । कुनै व्यक्तिका विषयमा बोल्नुअघि उसको अनुहार अघिल्तिर आउँछ । यसकारण हामी धेरै विषयमा बोल्दैनौं । त्यसबेला मात्र बोल्छौं, जुन कुराले आफूलाई फाइदा हुन्छ ।

तपाईंले त सबैलाई एउटै बास्केटमा राखिदिनु भयो नि ?

यो हाम्रो प्रवृत्ति हो । मानौं, कसैले म सत्य कुरा लेख्छु, बोल्छु, मलाई कुनै कुराले प्रभाव पार्दैन भन्छ भने उसले भ्रष्ट हुने अवसर पाएको छैन । ठाउँ नपाउन्जेल बोल्ने हो । ठाउँमा पुगेपछि उसले बोल्न छाड्छ ।

धेरै युवा र प्रतिभाशाली नेतामा हामीले यो कुरा देख्यौं । धेरै आशालाग्दा मान्छे भ्रष्ट भएको हामीले देखिरहेका छौं । यसले यिनै कुराको संकेत गर्छ । यो त साँच्चै बौद्धिक वर्गको कुरा हो । अनि, अर्को बौद्धिक देखिन खोज्नेहरुको कुरा अर्कै छ ।

कस्तो कुरा ?

हामीमध्ये केही यस्ता व्यक्ति पनि छौं, जो आफूलाई बौद्धिक मान्छौं तर छैनौं । हामी केही कुरामा आफ्नो मत दिन डराउँछौं । किनभने, हामीसँग त्यो विषयमा बोल्ने-लेख्ने पर्याप्त प्रमाण छैन । त्यस विषयको अध्ययन पनि छैन । खोज्ने जाँगर पनि छैन ।

हामी आफूलाई लागेको कुरा ठीक र मबाहेकका अरु कुरा बेठीक मानेर हिँड्छौं । जब यही मानिसलाई कुनै कुरा प्रमाण, तर्क र समस्याका आधारमा बोल्नुपर्ने अवस्था आउँछ, यस्ता व्यक्ति चुप लागोको देखिन्छ ।

कतिपय व्यक्ति आफूले गरेको आलोचनामा ‘यो कुरा ठीक हो’ भनेर अडानमा बसेको पनि देखिँदैन । यस्ता व्यक्तिहरुलाई कसरी बौद्धिक मान्ने ?

नेपाल यस्तो देश हो, जहाँ आइएलटीएसको प्रश्नसमेत आउट हुन्छ । मेडिकल शिक्षाको प्रश्नपत्र आउट हुने देशको कुरा गर्दा लाग्छ, बुद्धिको स्तरमा हामी पुच्छर काटिएका बाँदरभन्दा अलिकति मात्रै माथि छौं ।

नेपालमा बौद्धिक जगत माथि उठ्नै नसक्नुमा कुन कुराले काम गरेको छ ?

विदेशतिर कुन युनिभर्सिटीमा कुन प्रोफेसरसँग कुन विद्यार्थीले सोध गर्दैछ, त्यसअनुसार उसले अगि्रम जागीर पाउँछ । कुन मानिसको भविष्य के हुन्छ, उसले आज कहाँ बसेर के पढिरहेको छ, त्यसबाट थाहा हुन्छ ।

नेपालका बुद्धिजीवीसँग अध्ययन छैन, के ठीक र के बेठीक छुट्याउने क्षमता पनि छैन । उनीहरु कुनै अमूक दल, अमूक संस्था वा अमूक विचारका पछि लागेर उनीहरुले चाहेअनुसारको बुद्धि बेचेर जीविका चलाउने काम मात्र गरिरहेका छन् ।

हिजो त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा एमए पढेका विद्यार्थीमध्ये उच्च अंक ल्याउनेले सीधै राष्ट्र बैंकमा काम पाउँथ्यो । आज त्यो हटेर गएको छ । ल, सरकारी जागीर त राजनीतिका कारण बिग्रियो रे । निजी क्षेत्रका बैंकले यो काम गर्दा हुँदैन ?

तर, निजी क्षेत्रमा पनि राजनीतिको प्रभाव यति ठूलो छ कि ट्यालेन्ट मानिस राख्नुभन्दा ठीकैको भोलि फाइदा दिनसक्ने मानिसको खोजी गरिन्छ । जुन देशमा विदेश भ्रमणलाई उसको व्यक्तित्व माथि गएको मानिन्छ, त्यो देशमा अरु कुराको के अपेक्षा गर्ने ?

मलाई सबैभन्दा आश्चर्य लागेको कुरा के भने राजा महेन्द्र र वीरेन्द्रले त्यसबेला कुन कुन देश भ्रमण गरे, त्यसलाई महत्वपूर्ण मानेर उनीहरुको जीवनीमा विदेश भ्रमणमा गएको मुलुकको नाम समावेश गरिएको छ । नेपालका धेरै कवि कलाकारको पुस्तकमा यी नाम उल्लेख गरेको देख्छु ।

२/४ दिन विदेश गएको मानिसले त्यो देश र समाजका विषयमा जे बुझ्छ, त्यसभन्दा कैयौं गुणा पुस्तक पढेर बुझेको हुनसक्छ । कसले, कुन विषयमा कसरी अध्ययन गरेको छ, त्यसभन्दा विदेश भ्रमणलाई महत्व दिने प्रवृत्तिले पनि बौद्धिक वर्गलाई बिगारेको छ ।

नेपालका कवि-कलाकारहरुको विषयमा तपाईंको धारणा के छ ?

अन्य बौद्धिक व्यक्तिहरुका विषयमा जे छ, धारणा त्यही हो । खासमा, उनीहरु पनि अन्य बुद्धिजीवीझैं अरुका बुद्धिलाई ओल्टाइपल्टाइ गरेर बाँचिरहेका छन् । उनीहरुमा विशेष प्रतिभा छ भन्ने मान्दिनँ ।

नेपालमा कवि कलाकारमा पनि मौलिकताको कमी छ । सिर्जना गर्ने वातावरणको कमी छ । व्यापक अध्ययन-अनुसन्धान गर्ने जाँगरको कमी छ । यहाँ बुद्धि सिर्जना गर्दा बाँच्न सकिन्छ भन्ने विश्वासको पनि कमी छ ।

यस्तो अवस्था कसरी आयो, यसको कुनै अध्ययन गर्नुभएको छ ?

हाम्रो शिक्षा दिने संस्कारले । म पनि त्रिभुवन विश्वविद्यालयको एउटा जिम्मेवार शिक्षक हुँ । तैपनि म भन्छु, हामीले विद्यार्थीलाई शिक्षा दिइरहेका छैनौं । असल शिक्षक त्यो हो, जसले कक्षामा भएका १० विद्यार्थीमध्ये सबैलाई विशेष कुराको ज्ञान दिएर उनीहरुलाई अब्बल बनाउँछ ।

हामीसँग पढ्न आउने प्रथम विद्यार्थी नै सधैं प्रथम हुन्छ भने हामीले दिने शिक्षालाई कसरी राम्रो मान्ने ? शिक्षकको काम त कमजोर विद्यार्थीर्लाई उसको क्षमता पक्रेर प्रतिभाशाली बनाउने हो । तर त्यो हामी गर्दैनौं किनभने हामीलाई पनि थाहा छ, यहाँ प्रतिभाको पहिचान हुँदैन, प्र्रतिभाको हन्टिङ पनि हुँदैन ।

राजनीतिले गाइड गरिरहेको छ । होइन भने विनोद चौधरीलाई सांसद हुनुपर्ने के जरुरत पर्‍यो ? विनोद चौधरी भनेको नेपालका बिल गेट्स हुन् । के अमेरिकी नागरिक बिल गेट्स अमेरिकाको सांसद हुन मरिहत्ते भएर लाग्छन् ?

उनलाई यी कुरामा फुर्सद छैन । तर, नेपालका विनोद चौधरी सांसद हुन मरिहत्ते गर्छन् । यसबाट पनि नेपालको बौद्धिक जगत के चाहन्छ र के गरिरहेको छ भन्ने मापन गर्न सकिन्छ ।

कलाकारलाई पनि बौद्धिक वर्ग मानिन्छ, उनीहरुको अवस्था कस्तो देख्नु भएको छ ?

अस्ति तपाईंकै अनलाइनखबरमा दयाहाङ राईले दिएको अन्तरवार्ता पढिरहेको थिएँ । उनले ‘गतिलो स्त्रिmप्ट नभएर म फसेँ’ भनिरहेका थिए ।

त्यो पढ्दै गर्दा मलाई दुई कुरा याद आइरहेका थिए । पहिलो, नेपालमा पारिश्रमिक यति कम छ, जसले इच्छा हुँदा हुँदै पनि धेेरै चलचित्रमा काम गर्नुपर्ने बाध्यता छ । अनि, अनुसन्धानबिनै स्क्रिप्ट लेखिन्छन्, जसले चलचित्र फ्लप हुनु त छँदैछ, बद्नाम पनि हुन्छन् ।

अनि, अर्को कुरा हाम्रो कला कति कमजोर छ, जसलाई हामीजस्ता जनताले पनि अस्वीकार गर्छौं । नेपाली भाषाका चलचित्र नेपालमै चलेनन् भने बुझ्नुपर्छ हाम्रो कला कमजोर छ । जुन देशमा कला कमजोर हुन्छ, त्यो देश कसरी माथि उठ्छ ?

नेपाली पुस्तक र लेखकको अवस्था पनि उस्तै छ, यो कुरालाई चाहीँ कसरी हेर्नु हुन्छ ?

शिक्षा र संस्कारकै कारण पनि नेपाली पुस्तकको बजार बढ्न नसकेको हो र नेपाली लेखक पनि सिर्जनशील हुन नसकेका हुन् । केही वर्षयता नेपाली पुस्तकको बजार बढ्न थालेको देख्छु । तर, दुःखलाग्दो कुरा के छ भने एउटा लेखकले एउटा पुस्तक लेखेर २/४ वर्ष बाँच्न सक्ने अवस्था छैन ।

प्रकाशकले पनि कस्तो पुस्तक चल्छ र कस्तो लेखिनु पर्छ भनेर अध्ययन नगरी लहडका भरमा किताब निकालेको देख्छु । लेखक पनि अध्ययनशील छैनन् । कोही अध्ययनशील हुन चाह्यो भने उसले कस्तो विषयमा कसरी अध्ययन गर्ने भन्ने कुरा पनि थाहा पाएको हुँदैन ।

एउटा प्रकाशकले आफूलाई पुस्तक मनपर्नेबित्तिकै निकाल्नु हुँदैन । कम्तिमा एउटा राम्रो कपी एडिटरको हातबाट त्यो पुस्तक गुज्रनु पर्छ । यो कुरा बुझ्ने प्रकाशक मैले पाएको छैन । कतिपयले एडिटर नै छैनन् भन्छन्, पैसा दिए पनि एडिटर पाइँदैनन् भन्छन् ।

यो कुरा गलत हो । यी सबै कुरा भनिरहँदा मलाई लाग्छ, हामीकहाँ बौद्धिक विकास भर्खरै भइरहेको छ ।

नेपाली लेखकहरुलाई के सुझाव दिनुहुन्छ ?

म सुझाव दिने हैसियतमा छु कि छैन भन्ने कुरा पनि बुझ्नु पर्छ । तैपनि सोधिहाल्नु भयो, मेरो कुरा मान्ने हो भने पुस्तकको जेनर छुट्याउनुपर्छ । कुन पुस्तक, कसले, किन पढ्ने भन्ने कुरा पाठकलाई पुस्तक निस्कने बेलासम्म बुझाउनु पर्छ ।

डा. केसीको नियतमा कुनै खोट छैन । उनले उठाएका कुरा शतप्रतिशत ठीक हुन् । तैपनि, विधि र शैलीमा केही मतान्तर छन् । बौद्धिक व्यक्तिहरुले बोल्दा विधि र शैलीलाई पनि हेर्नुपर्छ ।

मेरी छोरीलाई कुन पुस्तक किन पढ्न दिने भन्ने कुरा मैले बुझ्नु पर्छ । यो प्रकाशकले गर्नुपर्ने कुरा भयो । लेखकको हकमा कुन पुस्तक लेख्न कस्ता कुरा पढ्नु पर्छ त्यो बुझ्न नसकेका कारण पनि केही अध्ययनशील लेखकबाट हामीले राम्रो कृति पाउन सकेका छैनौं ।

नेपालको हकमा बुद्धिसागर र कुमार नगरकोटी अध्ययनशील र क्षमतावान लेखक हुन् । तर, उनीहरुका कुरा पहिलो र दोस्रो कृतिमा फरक आउन सकेन । उही शैली र सोच दोहोरियो ।

कुमारमा ‘मोक्षान्त फिबर’ र बुद्धिमा ‘कर्नाली ब्लुज’मा जुन क्षमता देखिएको थियो, पछि त्यो पनि नहुनुको कारण के हो भने पाठकलाई के दिनुपर्छ र म के दिनसक्छु भन्ने थाहा नहुनु हो ।

एयरपोर्टबाट विदेश जाँदा एक्सरे मेसिनबाट गुज्रनुपर्छ । ठीक त्यसैगरी लेखक पनि आफ्नो विषयवस्तुबाट राम्रोसँग गुज्रनु पर्छ । कतिपय लेखक ज्ञानबिनै त्यो विषयको पुस्तक लेखिरहेका हुन्छन् । कसैले गलत सूचना दिइरहेका हुन्छन् । गलत सूचना दिने लेखकलाई कारवाही हुनुपर्छ ।

नेपालमा बौद्धिक वर्गको विकासका लागि सजिलै गर्न सकिने कुनै काम छ ?

नेपालमा पठन संस्कृति नै छैन । नेपालीको कोठामा लाइब्रेरी पनि छैन । बालबालिका र वयस्कहरुसँगै बसेर एकै खालका टेलिभिजन च्यानल हेर्छन् । विदेशमा भए यस्ता मानिसलाई कारवाही हुन्छ ।

बालबालिकालाई उनीहरुको उमेर र रुचिअनुसार पढ्न दिने, टेलिभिजन च्यानलमा पनि सजगता अपनाउने, अनिवार्य पढ्ने बानीको विकास गर्ने काम गर्नुपर्छ । यसका लागि विद्यालयदेखि नै जरो दरिलो बनाउनु पर्छ, जुन अब पुरै बिगि्रसकेको देख्छु ।

यसका लागि अब प्रज्ञा प्रतिष्ठान, स्कुल-कलेजबाटै संस्थागत प्रयास गर्नुपर्छ । नेपालीहरुले नेपालको इतिहास, संस्कृति, राजनीति र साहित्यप्रति गौरव गर्ने अवस्था नै छैन । यो निकै गम्भीर कुरा हो ।

सबैभन्दा कमजोर बिद्यार्थीले राजनीति, साहित्य र संस्कृति विषय पढ्छ । जबकि, यो बौद्धिक काम हो । यसबाट पनि हामी कति तल छौं भन्ने अनुभव हुन्छ ।

कुनै बेला बोर्डफस्ट भएकी गरिमा राणाले म कानुन विषय पढ्छु भन्दा ठूलो चर्चा भएको थियो । किनभने, त्यसबेला थर्ड डिभिजन आउने मानिसले मात्र कानुन पढ्थे । विस्तारै कानुन पढ्नु गौरवको कुरा हुन थाल्यो ।

कानुनजस्तै अन्य बौद्धिक विषय हुन् भनेर इतिहास, राजनीतिशास्त्र, संस्कृति र साहित्यमा गौरव गर्नसक्ने वातावरण बनाउनुपर्छ । र, यो काम प्रज्ञाप्रतिष्ठान र शिक्षण संस्थाहरुले गर्नुपर्छ ।

यी संस्थाहरुले यो काम गर्लान् ?

जुन देशमा स्वास्थ्यजस्तो विषयमा गम्भीर रुपमा राजनीति पसेको छ, त्यो देशमा कसरी सम्भव होला ? डा. गोविन्द केसीले लडेको लडाईंबाट पनि यो कुरा महशुस गर्न सकिन्छ ।

 डा. केसीको मुद्दामा जसरी बौद्धिक व्यक्तिहरु बोल्नुपथ्र्यो, बोलेनन्, किन होला ?

यसमा पनि बौद्धिक व्यक्तिको आ-आफ्नो स्वार्थ होला । डा. केसीको नियतमा कुनै खोट छैन । उनले उठाएका कुरा शतप्रतिशत ठीक हुन् । तैपनि, विधि र शैलीमा केही मतान्तर छन् । बौद्धिक व्यक्तिहरुले बोल्दा विधि र शैलीलाई पनि हेर्नुपर्छ । सही कुरा गलत तरिकाले गर्दा त्यसले कहिलेकाहीँ गलत नजिर बस्ने हो कि भन्ने पनि ख्याल राख्नुपर्छ ।

२०७४ पुष २९ गते ८:३० मा प्रकाशित (२०७४ पुष ३० गते ७:५३मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१९ प्रतिकृयाहरू प्राप्त
  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते ९:२५

    नेपालका अधिकांश बुद्धिजीवी भ्रष्ट छन्’
    अधिकांश बुद्धिजीवी political party ka VARAUTE vayera baseka chhan. Afno knowledge, brain lai right use gardainan.

    50
    0
    Share

  • bijaya bohara लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते ९:४६

    It’s right, we have to initialize the step to penalize them.

    24
    0
    Share

  • ram लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते १०:५७

    It is interesting to read the interview. Ram Lohani has spoken his mind. In some cases, I believe, he is right in the sense that the so called बौद्दिक of Nepal are corrupt. KANAK MANI is a good example.

    The problem with his belief that he thinks there are no Nepalis creating knowledge. Mr. Lohani seems to come from Nepali Language and Literature and therefore has extremely less understanding of what is happening beyond his area of expertise. Before he made such a comment, it would have been better for him to check facts. By trying to prove himself an academic, he proved himself a bigger fool than the one he erroneously pointed at. For his assistance, the interviewer can help his see publications of Nepalis in international journals in the field of Physics, biology, chemistry, forestry to name a few.

    Mr. Lohani needs to come out of his shell and see the larger world before making comments that can backfire him. What have you done in the field of knowledge creation or making the teaching of your students better?

    28
    6
    Share

  • rabindra Prasad Bhattarai लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते १९:४३

    यस्तो पो रहेछ त नेपाल पछी परेको कारण
    ‘नेपालका अधिकांश बुद्धिजीवी भ्रष्ट छन्’

    नेपालका बुद्धिजीवीसँग अध्ययन छैन, के ठीक र के बेठीक छुट्याउने क्षमता पनि छैन । उनीहरु कुनै अमूक दल, अमूक संस्था वा अमूक विचारका पछि लागेर उनीहरुले चाहेअनुसारको बुद्धि बेचेर जीविका चलाउने काम मात्र गरिरहेका छन् ।

    15
    0
    Share

  • Hkghimire लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते २१:१८

    Once the very source is murky how can we expect fresh water in down stream. Top down approach is very important.

    0
    0
    Share

  • Madhusudan Bhattarai लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते २३:०८

    Intellectuals are also citizen of a country, and they need to vote in election; hence naturally each one has an inclination to certain political party. This is normal process. This is the process in each of the country with matured democracy, as well. There is no harm on this process, as long as they maintain a minimum level of neutrality in arguments and intellectual discussions. Development of these things would take time, and it would not happen over night, as expected by Mr. Lohani here.

    In Nepal, I have seen that usually those intellectuals who were earlier very close to Palace and in Panchayat systems, – or who have been grown up in palace culture in Kathmandu – have been long arguing that intellectuals should not be affiliated to any political party. But, this view of intellectual to be free from any political process in a country itself supports the panchayat polity in Nepal, or the king’s autocratic roles in the governing systems in Nepal, which has already been rejected by the mass population.

    In my view, Intellectuals’ views and thinking are also shaped by the contemporary societal development stages, and societal needs and the societal aspirations as well.

    3
    0
    Share

  • Santosh लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते २३:३४

    Ram ji,
    Publication in international journal is also not a tool to measure one’s intellectual ability. Many international papers deserve to be in garbage. You should give examples of high impact factor journals, rather than believing on the word ” international “. Similarly, number of citations and other factors also count…

    7
    1
    Share

  • suman bhattarai लेख्नुहुन्छ    |   २०७४ पुष ३० गते ४:२९

    i agree with u to the large extent.if we control our academic institution merely certificate factory.

    5
    0
    Share

  • Tara Nepali लेख्नुहुन्छ    |   २०७४ पुष ३० गते ७:२३

    Good said. Even the quality of Nepali text book for primary school cannot be maintained, how can we expect quality education in Nepal? My Nepali itself is not so good but I found so many mistakes in text books (writers Begendra Subba and Ramchandra Khanal)for children which are used in the schools. Is there anyauthority, government department doing quality check? Even these basic text books are so commercialized, in such situation how one can expect quality education.

    6
    0
    Share

  • chiranjibi panthi लेख्नुहुन्छ    |   २०७४ पुष ३० गते १०:४६

    हामी जसलाई बुद्धिजीवी भनिरहेका छौं, उनीहरु ‘बुद्धि बेचुवा’ हुन् । नेपालका बुद्धिजीवीसँग अध्ययन छैन, के ठीक र के बेठीक छ्ट्याउने क्षमता पनि छैन । उनीहरु कुनै अमूक दल, अमूक संस्था वा अमूक विचारका पछि लागेर उनीहरुले चाहेअनुसारको बुद्धि बेचेर जीविका चलाउने काम मात्र गरिरहेका छन् ।

    13
    0
    Share

  • Anil Yadav लेख्नुहुन्छ    |   २०७४ पुष ३० गते १५:२६

    like every indivisual has unique type of potential to success, in the same way one country also has some distinct resources, potentiality oppertunities and threats. so we should never follow only the other countries cultures, advise, way of development rather we recognise our potential and lead to development.One of the reason is youths are not utilizing proper and they couldnt have give theri mind fullest for the country. but all are just following the old misguided and unsystemaic way to fill theri needs and the old are till rulling them. As per like above view there are rational people in the country but no bodies are realizing that we should make the industrial sector in proper way rather traditional system, make agriculture facilitate, modernize of tourist places, specially focus on road connectivity and many more…..so i feel some group of people must stand forward to change the things as per war level, actions must be completed in targeted time & cost.

    3
    0
    Share

  • Rajan Bidari लेख्नुहुन्छ    |   २०७४ पुष ३० गते १६:५४

    Its seems like better but this is truth. I liked the Sentence very much as: almost intellectuals are working for others’ interest/favorable.

    4
    0
    Share

  • bhupendra लेख्नुहुन्छ    |   २०७४ माघ २ गते १०:३५

    100% Right नेपालका अधिकांश बुद्धिजीवी भ्रष्ट छन्’
    अधिकांश बुद्धिजीवी political party ka VARAUTE vayera baseka chhan. Afno knowledge, brain lai right use gardainan.

    1
    0
    Share

  • bhupendra लेख्नुहुन्छ    |   २०७४ माघ २ गते १०:३७

    100% Right नेपालका अधिकांश बुद्धिजीवी भ्रष्ट छन्’
    political party ka VARAUTE vayera baseka chhan. Afno knowledge, brain lai right use gardainan.

    1
    0
    Share

  • Madhab Chaudhary लेख्नुहुन्छ    |   २०७४ माघ २ गते १७:१६

    No person can be politically thoughtless. But, if he can’t come out of political party’s boundary, he can’t be counted as intellectual. He must be critical and fair.

    0
    0
    Share

  • गगन राई लेख्नुहुन्छ    |   २०७४ माघ २ गते २०:१४

    साह्रै नै चित्त बुझ्दो। धन्यवाद।

    1
    0
    Share

  • Ratnanidhi Regmi or shukracharya लेख्नुहुन्छ    |   २०७४ माघ ४ गते १७:२७

    kaslai buddhijeebee bhanne
    2/4 book padhekai bharama yaso lekhitopalnelai buddhijeebee bhanne ho bhane beglai kura. jun nation ma buddhijeebee nai chhainan, bhatgiri matra chhan, tyaha buddhi jeebee bhrashta hune kurai aaudaina. maile Nepalma nabheteka kurama samajsebi, human rightist, sahityik sangha sanstha, khatti poet and writer. jun kuro chhaina, tyasbare k tippani garnu ?

    0
    0
    Share

  • CN Ghimire लेख्नुहुन्छ    |   २०७४ माघ ४ गते २२:३७

    Most of the intellectuals of Nepal are self-claimed intellectuals. They have got their PH. D. from low graded Indian University and TU. They do not have depth and creative knowledge. So they do not have confidence to do some specific thing by themselves. They go to political leaders and do chakari to get some position.

    They do not write articles analytically like some writers on this online Khabar write. They do not give right suggestions to the political leaders. They talk to the leaders according to Political leader’s interest. This is very bad situation for the country.

    My suggestion is Media should give a intellectual forum to discus on National Issues.

    1
    0
    Share

  • आर के कर्की लेख्नुहुन्छ    |   २०७४ माघ ५ गते १३:३९

    बौद्धिकता को नाममा देशका बौद्धिक भडुँवा केही संग्रौला ,दिक्षित, आचार्य , लाल,रावत, जातधारी लाई पहिला सुगुर को खोरमा २०/२० बर्ष थुन्ने व्यवस्था नगरी कहिले नेपाल नामको देशमा शान्ति आउनेवाला छैन …. वाद बाँकी तिनैको पछि लागेर एकराते बजारमा बटारिएको जस्तो बटारिने हरुत गणतन्त्र पछिको शिवसेना जस्तो हुन्छन् …(karkee Ram ko facebook wal बट जस्ताको तस्तै

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this