Comments Add Comment

बाग्लुङ बुर्तिवाङ्गमा खुल्यो ग्लोबल आइएमईको शाखा


३० पुस, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बाग्लुङ जिल्लाको बुर्तिवाङ्गमा आफ्नो नयाँ शाखा खोलेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उक्त जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले संयुक्त रुपमा आइतवार उक्त शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।

सोही शाखामा खोलिएको एटिएम सेवाको ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले उद्घाटन गरे ।

उक्त शाखाको उद्घाटन गर्दै बैंकका अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने मूल नारालाई चरितार्थ गर्न मुलुकको साविकका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको बताए ।

बैंकिङ सेवाको पहुँचबाहिर रहेका अन्य क्षेत्रमा पनि सम्भव भए शाखाको माध्यमबाट र सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ सेवाको माध्यमबाट बैंकिङ सेवा बिस्तार गर्दे जाने बताए ।

उनले साना व्यवसायी कर्जा, कृषि कर्जा, रेमिट्यान्स सुविधा, होम लोन लगायतका हाल बैंकले प्रदान गरिरहेका सुविधाले बुर्तिवाङ क्षेत्रको आर्थिक सम्वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

ग्लोबल आइएमई बैंकले हालसम्म एक सय १३ वटा शाखा, एक सय २७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ५९ वटा शाखारहित बैंकिङ सेवा प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment