Comments Add Comment

जाडोमा कसरी देखिने ग्ल्यामरस ?

फेसनेबल तन्नेरीको लागि जाडोयाम त्यति अनुकुल मानिदैन । उनीहरु ठान्छन्, यसबेला फेसनमा उदार हुन पाइँदैन । पूरा शरीर ढाक्ने पहिरन लगाउनुपर्छ । रंगमा पनि विविधता दिन पाइदैन । अक्सर जाडोयाममा डार्क कलर लगाइन्छ ।

यद्यपी फेसन क्षेत्रका जानकारहरु भने तन्नेरीका यस्ता तर्कमा सहमत हुँदैनन् । उनीहरु भन्छन्, ‘समयअनुकुल फेसनले नै फेसनेबल देखाउने हो । यसका लागि सही ढंगले पहिरन छनौट गर्न चाहिँ सक्नुपर्छ ।’

कस्तो कोटसँग कस्तो पाइन्ट लगाउने ? कस्तो जुत्ता लगाउने ? मफलर र टोपी कसरी लगाउने ? यस्ता कुरामा ज्ञान हुनुपर्छ भन्छन् फेसनविद्हरु । जाडोको आफ्नै फेसन छ । नेपाली फेसनमा कोरियन स्टाइल यसबेला हावी हुने गर्छ । लङ कोट, लेगिङ्स, उलन स्वेटर, उलन टोपी, मफलर, लङ बुट आदि ।

यद्यपी पहिरन त्यतै छनौट गर्नुपर्छ, जो शरीर सुहाउँदो पनि होस् । अतः यहाँ जाडोको लागि उपयुक्त फेसन कस्तो हुन्छ भन्ने जानकारी दिइएको छ ।

जाडोको पहिरन

– न्यानोका लागि र स्मार्ट लुकका लागि तपाईं गोलो गला भएको स्वेटर लगाउन सक्नुहुन्छ । कुनै पनि लाइट कलरको स्वेटरका साथमा नीलो रंगको जिन्सले तपाईंको लुक्सलाई अझ आकर्षक देखाउँछ । यसका साथमा गलामा मफलर पनि लगाइयो भने त झन् सुनमा सुगन्ध भइहाल्यो ।

– जाडो महिनामा खैरो, कालो, गाढा निलो, बैजनी आदि रंगका कपडा लगाउनुपर्छ । यसले पनि फेसनेबल देखाउनेछ ।

– समग्र लुकका लागि मफलर, उनको नेक वार्मर र पञ्जा लगाउन सक्नुहुन्छ । यसले न्यानोमात्रै महसुस हुादैन, स्टाइलिस पनि देखाउाछ ।

– जाडोमा भेडाको ऊन सबैभन्दा प्रभावकारी हुन्छ । यसले चिसोबाट बचाउँछ । साथै भेडाको ऊनको कपडाले आकर्षक लुक पनि दिन्छ ।

– न्यानो कपडाको लेयरिङ तपाईंका लागि आरामदायक मात्रै हुादैन, फेसनेबल लुक दिनलाई पनि सहयोगी हुन्छ ।

जाडोमा लगाइने गहना

– जाडो मौसममा गहना लगाएर पनि फेसनेबल बन्न सकिन्छ ।

– जाडो महिनामा महिलाहरुले नाडीमा घडीका अलावा केही लगाउन हिच्किचाउाछन् । यस मौसममा चुरा वा ब्रासलेट लगाउनु व्यर्थ हुन्छ किनकी यो पुलओभर वा स्वेटरको बाहुलामा अल्झिन सक्छ ।

– जाडोमा कान न्यानो राख्न प्राय महिलाहरु कपाल खुल्लै छोड्छन्, र यसलाई ध्यानमा राखेर उनीहरुले सुन्दर हेयर पीन, ब्यान्ड वा स्टडको प्रयोग गर्नुपर्छ, जसले जाडोको पहिरनको हिसाबमा तपाईंको व्यक्तित्वलाई निखार्छ ।

– जाडोमा चम्किलो औंठी  (हिराजडित भए अझ राम्रो) पनि शानदार देखिन्छ । यसले ग्ल्यामरस लुक पनि दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment