Comments Add Comment

भक्तपुरमा व्यवसायीकाे हत्या, ३ जना नियन्त्रणमा

ढुंगा प्रहार गरी हत्या गरिएकाे अाशंका

३ माघ, भक्तपुर । बुधबार बिहान भक्तपुरकाे चाँगुनारायण नगरपालिका-९, ताथलीमा एक जना व्यवसायीकाे हत्या भएकाे छ ।

माटो व्यवसायमा संलग्न स्थानीय ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको प्रहरी परिसर भक्तपुरले जनाएकाे हाे । उनकाे हत्यामा संलग्न भएकाे हुन सक्ने अाशंकामा ३ जनालार्इ नियन्त्रणमा लिइएकाे प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले अनलाइनखबरलार्इ बताए ।

उनका अनुसार सैंजुकाे शव बिहान करिब ५ बजे भक्तपुर-९, ब्रह्मायणीमा घाेप्टाे परेकाे अवस्थामा भेटिएकाे थियाे ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुंगाले हानेर हत्या गरेको खुलेकाे छ । मृतकको टाउकोको पछाडि गम्भीर चोट लागेको प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।

मदिरा खाएपछि भएकाे विवादकाे कारण  हत्या गरिएकाे हुन सक्ने प्रहरीकाे भनाइ छ ।

शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएकाे छ । थप अनुसन्धान भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment