Comments Add Comment

‘साली’ मरिष्काका ‘भेना’ विल्सन


मानविय संवेदनामाथि निर्माण हुन लागेको चलचित्र ‘साली कस्को भेनाको’ छायांकन सुरु भएको छ । मुभिङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्देशन भद्र भुजेलले गर्दैछन् । चलचित्रका प्रस्तुतकर्ता प्रसाद श्रेष्ठ हुन् ।

मंगलबार चितवनमा शुभमुहुर्त गर्दै चलचित्रको छायांकन प्रारम्भ गरिएको हो । यो चलचित्रको छायांकन चितवन र धम्पुसमा हुनेछ । पुष्प आचार्यको कथा रहेको चलचित्रमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत छ ।

चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोख्रेल, वुद्दि तामाङ, रवि गिरी, विरेन श्रेष्ठ, पि्रया रिजाल, जयनन्द लामा, कविता आले, मिन घलानको अभिनय छ । यो चलचित्रबाट देव सागर बीसी चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् ।

मगर जातीको संकृतिमा साली र भेनाको सम्बन्धलाई लिएर यो चलचित्र निर्माण हुन लागेको हो । दिर्घ गुरुङको छायांकन रहने यो चलचित्रमा बसन्त श्रेष्ठ, गम्भिर बिष्ट र सुमित लामाको नृत्य, रवि बराली र प्रकाश कर्मचार्यको एक्सन रहनेछ । विशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारी यसका निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment