४ माघ, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाले टार्न खोन्दा खोज्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी समिक्षा भइरहेको छ । र, अधिकांश नेताहरुले प्रधानमन्त्री समेत रहेका देउवाप्रति तीव्र आक्रोस पोखेका छन् ।
बालुवटारमा जारी बैठकको एजेण्डाका रुपमा राष्ट्रियसभा निर्वाचन प्रस्तुत गरिएको थियो । साथै सभापति देउवाले चुनावी समिक्षाका लागि छिट्टै बैठक बोलाउने आश्वासन दिँदै राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न प्रस्ताव गरेका थिए ।
तर, बैठकमा बोल्ने अधिकांशले चुनावी समिक्षा गर्दै नेतृत्वको चर्को आलोचना गरेका छन् । तर, कसैले पनि देउवाको राजीनामा भने मागेका छैनन् ।
बैठकमा अर्जुननरसिंह केसीले पार्टीमा सभापति मात्र नभई छायाँ सभापति मान्नु पर्ने अवस्था आएको बताए । आफूलाईर् कार्यसम्पादन समिति र संसदीय समितिको सदस्य भनिएको तर, समानुपातिकको सूची समेत हेर्न नपाएको बताए ।
केन्द्रीय सदस्य कल्याण गुरुङले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरु मण्डले भएको बताए । उनले प्रधानमन्त्री समेत रहेका पार्टी सभापतिमाथि नै शंका छ भनेपछि देउवाले गुरुङलाई रोक्दै विमलेन्द्र निधिलाईर् बोल्न समय दिएका छन् ।
प्रदिप पौडेलले केन्द्रीय समितिबाट भएका निर्णयहरुलाई नेताहरुले पालना नगर्ने गरेको र सबै काम विधि विपरित भएको भन्दै जिम्मेवारी नलिने बताएका छन् । अहिलेको नेतृत्वप्रति आफूहरुको विश्वास नै नभएको भन्दै उनले कांग्रेस अब नयाँ ढंगले अघि बढ्नु पर्ने बताएको एक नेताले जानकारी दिए ।
अर्का नेता चन्द्र भण्डारीले देउवातर्फ इंग्गित गर्दै राजनीतिक भ्रष्टाचार गरेको र कोटरीको भरमा पार्टी चलाएको आरोप लगाए । नेता नविन्द्रराज जोशीले विधान विपरित गठन भएको संसदीय समिति र कार्यसम्पादन समिति भंग गर्न माग गरे ।
बैठकमा महेन्द्र यादवमा मात्र देउवाको पक्षमा बोलेका छन् । कांंग्रेस दोस्रो दल भएपनि मत बढेको र चुनाव गराउनु देउवाको ठूलो सफलता भएको उनले बताए । साथै विधानभन्दा ठूलो सहमति भएको भन्दै महामन्त्री र वरिष्ठ नेताहरुको सहमतिका आधारमा संसदीय समिति र कार्यसम्पादन समिति बनेको दाबी गरे ।
प्रतिक्रिया 4