+
+

प्रचण्ड र ओलीबीच अझै विश्वासको संकट छ : देवेन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ५ गते १६:२९
फाइल फोटो

५ माघ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अझै विश्वासको संकट देखिएको एक नेताले बताएका छन् ।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पार्टी एकता ओली र प्रचण्डमा अडि्कएको बताएका हुन् । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘चुरो र मूर्त कुरा दुई जनाको व्यवस्थथापन हो । उहाँहरुले एकअर्काप्रति विश्वास खोज्नुभएको छ ।’

दुई नेताको व्यवस्थापनबारे ठोस सहमति नभएसम्म पार्टी एकता अघि बढ्न नसक्ने उनले बताए । उनले भने, ‘उहाँहरुको कुरा कसले कसरी नेतृत्व गर्ने भन्ने प्रश्न मुख्य छ ।’

प्रचण्डलाई पार्टीको नेतृत्व दिँदा एमाले र माओवादीभित्रको शक्ति सन्तुलन फेरिएर सरकार नै अप्ठ्यारोमा पर्ने सम्भावना केपी ओलीले देखेको हुनसक्ने उनको भनाइ छ ।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व पनि छाड्ने र पार्टीको नेतृत्व पनि नपाउने भन्ने प्रश्न पार्टीभित्रै उठ्ने हुनाले प्रचण्ड र ओली दुबै दबावमा रहेका पौडेलको भनाइ छ । ‘त्यसैले दुई जना नेताको व्यवस्थापनको कुरा खुलेर सेटिङ नभएसम्म पार्टी एकता अघि बढ्न सक्दैन’ उनले भने ।

एमाले र माओवादीबीच एकता गर्न राष्ट्रिय जनता पार्टीमा जस्तो अध्यक्ष मण्डल बनाउने वा दुबै नेता सहअध्यक्ष बन्ने मोडलबारे पनि छलफल भइरहेको पौडेलले बताए । ‘तर के हुने उहाँहरु -दुई अध्यक्ष) ले छिचोल्नुर्‍यो’ उनले भने ।

एक जना पार्टी अध्यक्ष र एक जना प्रधानमन्त्री नै सबैभन्दा उपयुक्त मोडल हुने पौडेलको दाबी छ ।

पार्टी एकता भएमा आफूहरु जिल्ला कमिटीमा बस्न पनि तयार हुने पौडेलको भनाइ छ । ‘हामी जेसुकै होउँला, हैसियत नभएको पार्टीको पोलिलट्ब्युरो हुनुभन्दा हैसियत भएको पार्टीको जिल्ला नेता हुनु राम्रो हुन्छ, कम्तीमा त्यहाँको प्रशासनले टेर्छ’ उनले भने । पार्टी एकता हुँदा सबैको पद घटुवा हुन सक्ने उनको भनाइ छ ।

बाबुरामजीलाई ल्याएपछि मात्र कोर्स पूरा हुन्छ

नेता पौडेलले नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि वामपन्थी पार्टीमा आउन सक्ने बताए । ‘केही मोरल प्रश्न होला उहाँलाई, पहिला आउनुभयो, फेरि चुनावमा कांग्रेसको मतले जित्नुभयो, उहाँलाई जाने वातावरण बनाउनु हुदैनथ्यो, उहाँलाई ल्याउनुपर्छ’ पौडेलले भने ।

बाबुराम भट्टराई, मोहनविक्रम सिंहलाई ल्याएपछि मात्र वामपन्थी एकताले पूर्णता लिने पौडेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?