+
+
Shares

वीरगञ्ज आन्दोलनबारे कर्णको टिप्पणी : चुनाव हारेकाहरुको काम छैन

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ५ गते १७:३७

५ माघ, काठमाडौं । राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले प्रदेश राजधानीको माग गर्दै वीरगञ्जमा भइरहेको आन्दोलनको औचित्य नभएको बताएका छन् ।

शुक्रबार राजधानीमा भएको कार्यक्रममा पर्सा ४ का सांसद समेत रहेका कर्णले भने, ‘अहिले आन्दोलन जरुरी छैन ।’

निर्वाचित संस्था  (प्रदेशसभा) ले आफ्नो काम नै गर्न बाँकी रहेको भन्दै उनले चुनाव हारेकाहरुको काम नभएकाले आन्दोलन गरिरहेको आरोप लगाए । उनले भने, ‘अहिलेको आन्दोलन काम नपाएकाहरु खासगरी चुनाव हारेकाहरुले गरेका हुन् ।’

यद्यपी उनले १० प्रदेश बनाएको भए प्रदेशको अस्थायी राजधानीको नाममा आन्दोलन नै नहुने दाबी गरे । उनले भने, ‘जनताले एकातिर माग गरे, तीन ठूला पार्टीहरुले अर्कै गरिदिए, अहिलेको आन्दोलन पनि त्यसैको प्रतिफल हो ।’

कार्यक्रममा वीरगञ्जलाई राजधानी बनाउन माग गर्दै बनेको संघर्ष समितिका संयोजक सुरेन्द्रप्रसाद चौधरीले भने आन्दोलन नरोकिने बताएका छन् । मधेसको नाममा खुलेका राजनीतिक दलहरुबाट धोका

भएको भन्दै उनले भने, ‘प्रदेश २ को राजधानी वीरगञ्ज हुनुपर्छ, राजधानी नतोकेसम्म हाम्रो आन्दोलन रोकिँदैन ।’

मधेसको नाममा राजेन्द्र महतो र उपेन्द्र यादवले सबैभन्दा बढी गद्दारी गरेको उनको आरोप छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?