+

घरमै लडे फुटबल लेजेन्ड पेले, अस्पताल भर्ना

२०७४ माघ  ५ गते १८:२० २०७४ माघ ५ गते १८:२०
घरमै लडे फुटबल लेजेन्ड पेले, अस्पताल भर्ना


५ माघ, काठमाडौं । आफ्नै घरमा लडेपछि ब्राजिलियन फुटबल लेजेन्ड पेलेलाई अस्पताल धर्ना गरिएको छ । उनी अहिले पनि चिकित्सकको निगरानीमा छन् ।

७७ वर्षीय पेले यसै साता लण्डन आउने कार्यक्रम थियो । उनको सम्मानमा फुटबल राइटर्स एशोसिएसनले कार्यक्रम राखेको छ । तर, अस्पताल भर्ना भएकाले लेजेन्ड पेले लण्डन आउने सम्भावना लगभग अन्त्य भएको छ ।

एफडब्लूएको विज्ञप्तिमा भनिएको छ, ‘बिहीबार विहानै पेले लडेका छन् र उनलाई ब्राजिलमा अस्पताल भर्ना गरिएको छ, जहाँ थुप्रै टेष्टहरु भइरहेको छ ।’

यद्यपी पेले र उनको टिमले भने कार्यक्रम नरोक्न आग्रह गरेको एफडब्लूएले जनाएको छ ।

पेले फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय