+
+

आफैंले पढाएको विद्यालयमा पुगिन् राष्ट्रपति भण्डारी

'देश विकासका लागि आर्थिक समृद्धि आवश्यक'

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ६ गते १७:०१


६ माघ, बिराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारी पञ्चायतकालमा आफैंले पढाएको विद्यालयमा पुग्दा मोरङको नक्सलबारीका बासिन्दा शनिबार हर्षित देखिए ।

राष्ट्रपति भण्डारीले मोरङको बेलबारी नगरपालिका वडा नम्बर १, नक्सलबारीमा रहेको विद्यालयमा ०४३ साल माघ २ गतेदेखि ०४६ साल फागुन २४ गतेसम्म शिक्षिकाका रुपमा काम गरेकी थिइन् ।

शनिबार विद्यालयको स्वर्ण महोत्सवको अवसरमा राष्ट्रपति भण्डारी त्यहाँ पुगेकी हुन् । उनले स्थानीय जनता आधारभुत निम्न माध्यमिक विद्यालयको शनिबार स्वर्ण स्मारक अनावरण गरिन् ।

पञ्चायतकालमा उनी सोही विद्यालय नजिकै डेरा बसेकी थिइन् । उनका छोरीहरु त्यसबेला स-साना थिए । भूमिगत अवस्थामा मदन भण्डारी पनि बेलाबखत सो गाउँमा जाने गर्ने ।
विद्यालयको स्वर्ण महोत्सवमा पुगेकी राष्ट्रपतिसँग विद्यालयका स्टाफहरुले सामुहिक तस्वीरसमेत खिचाए ।

आर्थिक समृद्धिमा केन्द्रित हुन आग्रह

कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तन स्थापित भइसकेकाले अब आर्थिक समृद्धिका लागि केन्द्रित हुनुपर्ने बताएकी छिन् ।

जनताको राजनीतिक परिवर्तन स्थापित हुँदै देश संघीय संरचनामा गएकाले अबका दिन दिगो विकास र आर्थिक समृद्धिमा राजनीतिक केन्द्रीत हुनुपर्नेमा उनको जोड थियो ।

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तन र त्यसले पारेको असरलाई न्यूनीकरण गर्नका लागि समयमै सचेत हुनुपर्ने औल्याइन् ।

साथै नदी कटान, भु-क्षय रोक्नका लागि चुरे संरक्षणमा  जोड दिइन् । राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत चुरे विनाशलाई रोक्न नसके तराईको उर्वर भूमिमा क्षति पुग्ने भएकाले सबै सचेत रहनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रपतिले यसो भनिरहेको स्थान लोहोन्द्रा खोलाको नजिकै पर्छ । उक्त लोहोन्द्र खोलामा राष्ट्रपति चुरै संरक्षण कार्यक्रम अन्तरगत लाखौं रुपैणँ खर्चिए पनि सकारात्मक उपलब्धि हासिल हुन सकेको छैन ।

राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयलाई विकासका लागि राज्यको उचित ध्यान जानुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?