Comments Add Comment

गज्जब, यी व्यक्तिले बनाए खान मिल्ने जुत्ता

जुत्ताको काम हो, खुट्टामा लगाउने । तर अब यस्ता जुत्ता पनि बनेका छन् जसलाई खुट्टामा लगाउने होइन की खान सकिन्छ ।
वास्तवमा यो खानेकुरा हो जुन जुत्ताको आकारमा तयार गरिएको छ । यो डिशको नाम शू-शी हो । यो खानेकुरा झ्वाट्ट हेर्दा त जोकोहीले पनि यसलाई जुत्ता नै ठान्दछ ।

जापानको प्रसिद्ध तथा पारम्परिक परिकार सुसीकै नामबाट यसको नाम राखिएको छ ।

चिनिया शेफ युजिया हू ले यो खाने जुत्ता तयार गरेका हुन् । २८ वर्षका हू ले इटालियन केसकाना नामक रेष्टुराँम्ाा काम गर्दछन् । उनी शेफ तथा फूड आर्टिस्ट हुन् । उनको बास्केटबल खेलमा निकै रुची छ । सोही रुचीका कारण उनले साधारण सूसीलाई पनि बास्केटबल शू को स्वरुपमा शू-शी परिकारमा बदले ।

स्मरण रहोस् उनले बास्केटबल खेलाडि, जर्सी, टिसर्ट, हेडफोन आदि आकारका सुसी पनि बनाइसकेका छन् ।

जुत्तारुपी परिकार शू-शी बनाउन उनलाई ३० मिनेट लाग्दछ । यो डिश ब्राण्डेड जुत्ता जस्तै देखिन्छ । यसमा चामल माछा तथा नोरीसँगै सुसी बनाउन प्रयोग गरिने सबै चिजको प्रयोग गरिन्छ । एजेनसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment