+
+

ज्यान मुद्दाका फरार अभियुक्त २९ वर्षपछि पक्राउ

नवराज पथिक नवराज पथिक
२०७४ माघ ७ गते १८:३२

७ माघ, रामेछाप । रामेछापमा ज्यान मुद्दाका एक फरार अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापले कर्तव्य ज्यान मुद्दामा फरार रहेका रामेछापको भूजीका हरिबहादुर सुनुवार भनिने कुमार सुनुवारलाई शनिबार पक्राउ गरेको हो ।

जिल्ला अदालत रामेछापबाट ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका सुनुवार ०४५ सालदेखि फरार थिए ।

५६ वर्षीय सुनुवारले ३ कात्तिक २०४५ मा भुजिका १९ वर्षीय कमलबहादुर सुनुवारको हत्या गरी फरार भएका थिए । र, अदालतले १० वर्षको जेल सजाय सुनाएको थियो । उनीविरुद्ध मृतकका दाई भक्तबहादुर सुनुवारले जाहेरी दिएका थिए ।

भारतको सिलाङमा लामो समयदेखि लुकिछिपी बस्दै आएका उनलाई प्रहरीले पछ्याइरहेका थियो ।

प्रहरीले सुराकीको आधारमा उनी भुजीस्थित आफ्नै घरमा आएको मौका पारि शनिबार प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।

सुनुवारलाई आइतबार प्रहरीले जिल्ला अदालत रामेछापमा बुझाएको छ । र, उनी आजै जेल चलान भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?