Comments Add Comment

आरजु राणालाई राष्ट्रियसभाको उम्मेदवार बनाउन महिला सांसदको माग

फाइल फोटो

८ माघ, कैलाली । नेपाली कांग्रेसबाट प्रदेशसभामा चुनिएका महिला सांसदहरुले नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउनु पर्ने माग राखेका छन् ।

प्रदेश नं ७ का महिला सांसदहरुले सोमबार विज्ञप्तिमार्फत नेपाली कांग्रेसको केन्द्रीय समिति तथा संसदीय बोर्डसंग राणालाई उम्मेदवार बनाउन अनुरोध गरेका हुन् ।

प्रदेश ७ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने महिलाको संख्या न्यून भएकाले राणालाई उम्मेदवार बनाउन आग्रह गरिएको प्रदेश सांसद दिब्यश्वरी शाहले बताइन् ।

डा.आरजुको प्रतिनिधित्व भएमा यस प्रदेशका महिलाको आवाज केन्द्रसम्म पुर्‍याउन सजिलो हुने भन्दै सांसद शाहले महिलाका संवैधानिक हक अधिकार स्थापित गर्न सजिलो हुने बताइन् ।

प्रदेश ७ बाट प्रतिनिधित्व गर्ने महिला संसदहरुको मागमा आफूहरुको समेत सर्मथन रहेको नेपाली कांग्रेस डडेलधुराका सभापति तथा नेपाली कांग्रेसबाट प्रदेश सांसद कर्णबहादुर मल्लले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा मंसिर २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली ५ बाट उम्मेदवार बनेकी थिइन् । तर उनी पराजित भइन् ।

प्रदेश सांसद मल्लले प्रदेश नं ७ का नेपाली कांग्रेस सबै जिल्ला सभापतिहरुको यो मागमा सर्मथन रहेको पनि दावी गरे ।

आरजुलाई राष्ट्रियसभा उम्मेदवार बनाउन नेपाली कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद दिश्वश्वरी शाह, उमादेवी वादी, नन्दा बम र अम्बिकाकुमारी थापाले मागपत्रमा हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment