Comments Add Comment

‘ओलीको नियति वीपी कोइरालाको जस्तो हुनसक्छ’

'ओली र प्रचण्डजस्तो कांग्रेसमा हिरो भएनन्'

९ माघ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय कार्य सम्पादन समिति सदस्य डा. नारायण खड्काले एक वर्षअघि नै एमालेलाई चुनाव जित्नबाट रोक्न कांग्रेसले माओवादीसँग तीनै तहका चुनावमा तालमेल गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनको प्रस्ताव अनुसार स्थानीय तहमा कांग्रेस-माओवादी तालमेलको अभ्यास पनि भयो । तर, प्रतिनिधिसभा र पदेशसभा चुनावमा माओवादी एमालेसँग मिल्न पुग्यो ।

एमालेको बेगलाई रोक्न माओवादीसँग मिल्नुपर्ने मत निरन्तर राख्दै आएका डा. खड्का अझै पनि भूराजनीतिक अवस्थाका कारण केपी ओलीले पूरै कार्यकाल प्रधानमन्त्री चलाउन नसक्ने विश्लेषण गर्न थालेका छन् । डा.खड्का भन्छन्-०१७ सालमा वीपी कोइरालाले जुन नियति झेल्नुपर्‍यो, केपी ओलीको हकमा त्यो नदोहोरिएला भन्न सकिन्न ।

प्रस्तुत छ, कांग्रेस नेता तथा सांसद डा.नारायण खड्कासँग अनलाइनखबरले गरेको कुराकानी :

कांग्रेस किन हार्‍यो भन्ने धेरै विश्लेषणहरु आइसके, केन्द्रीय कार्य समितिले चाहिँ के निष्कर्ष निकाल्यो ?

खास गरेर जुन वामपन्थी गठबन्धन भयो मूलतः त्यसको प्रभावले गर्दा हामी हारेका हौं। वामपन्थी एकताले जनतालाई आकषिर्त गरेको हो । दोस्रो कुरा माओवादीलाई हामीले चुनावसमा सहकार्य गरेर लैजान सकेनौं । सरकारमा सहकार्य गरिरहेको शक्तिलाई चुनावमा लिएर जान सकनौं, त्यसमा नेतृत्व चुकेको हो कि भन्ने कुरा बैठकमा आयो ।

तर चुनाव हार्नुको त्यतिमात्र कारण चाहिँ होइन । पार्टीको इमेजसँगै मतदाताले चुनावमा नेताको हिरो इमेज पनि खोज्दोरहेछ । म कोबाट सुरक्षित हुन सक्छु, मेरो स्वार्थको रक्षा कसले गर्छ भन्ने मतदाताले खोज्छ । कसले देश हाँक्न सक्छ भन्ने मनोविज्ञानले पनि मतदातामा काम गर्छ ।

हाम्रा नेता (शेरबहाबदुर देउवा, रामचन्द्र पौडेल) हिरो इमेजमा आउन सक्नुभएन । जुनखालको बामपन्थी गठबन्धन बन्यो, त्यसले माहौल ल्यायो । ओलीजी र प्रचण्डजी एक ठाउँमा हुँदा त्यसले बेग्लै सन्देश दियो । उहाँहरुलाई मतदाताले हिरो फिगरका रुपमा लिए । मतदातालाई भरोसा दिन सक्नुभयो ।

हाम्रा नेता (शेरबहाबदुर देउवा, रामचन्द्र पौडेल) हिरो इमेजमा आउन सक्नुभएन । जुनखालको बामपन्थी गठबन्धन बन्यो, त्यसले माहौल ल्यायो । ओलीजी र प्रचण्डजी एक ठाउँमा हुँदा त्यसले बेग्लै सन्देश दियो । उहाँहरुलाई मतदाताले हिरो फिगरका रुपमा लिए ।

भन्नुको मतलब ओली र प्रचण्डलाई मतदाताले भरोसा गरे, तर कांग्रेसलाई भरोसा गर्न नसक्नुमा तपाईहरुका पनि केही कमजोरी समीक्षा भएन त ?

अवश्य पनि यो बीचमा हाम्रो पार्टीको परफरमेन्स राम्रो भएन । सरकारमा रहेर गरेका काम गर्व गर्न लायक भएनन् । कतिपय सरकारी निर्णय गर्दा पनि कमीकमजोरी देखियो । जनतामा के असर पर्छ भन्नेतिर ध्यान दिइएन । आइजीपी प्रकरणको कुरा गरौं वा प्रधानन्यायाधीशमाथिको महाअभियोग लगाइएको कुरा गरौं, त्यसले नकारात्मक सन्देश गयो । त्यसले धेरै ठाउँमा हामी हार्नुमा प्रत्यक्ष प्रभाव पारेको हो ।

हिरो फिगरमा पनि कांग्रेस नेताले प्रतिस्पर्धा गर्न सकेनन् होइन त ?

मलाई लाग्छ, प्रतिस्पर्धा गर्ने कुरा होइन, उहाँहरुलाई मतदाताले हिरो फिगरका रुपमा स्वीकार गरेनन् । ओलीजी एउटा फिगरको रुपमा देखिनुभयो । उहाँ एक्लै त होइन तर उहाँलाई प्रचण्डजीको पनि साथ देखियो । ओलीजीको अडानले पनि उहाँलाई एउटा स्पेस दियो । अहिले मतदाता धेरै सचेत भइसकेका छन् । भोटर्स विहेबियर चेन्ज भइरहेको छ । समग्रमा हेर्दा यो मान्छे ठीक रहेछ, यसले लिएको लाइन ठीक रहेछ भन्ने पनि भयो ।

आज खाडीमा हजारौं नेपाली बस्छन्, हामीलाई भन्दा बढी उनीहरुलाई यहाँको बारे खुल्दुली छ । देश बिगारे भन्ने चिन्ता उनीहरुले आफ्ना घरमा प्रकट गरिरहेका छन् । शेरवहादुरजीले के बोल्नुभयो भन्ने कुरा उनीहरुले खाडीबाट घरमा भनिरहेका हुन्छन् । त्यसको प्रभाव पनि पर्दो रहेछ,मतदातामा । मोबाइलले अहिले सबै नागरिकलाई राजनीतिक प्रति सचेतना ल्याएको छ,ओलीले राम्रो गरिरहेका छन् भनेर घरमा कन्भिन्स गरिरहेका हुन्छन् । त्यसले पनि हामीलाई चुनावमा असर गरेको हो ।

अहिलेको जनादेशलाई चाहिँ कसरी बुझ्ने त ? कांग्रेस ओह्रालो लागेको हो कि बामपन्थी मिलेरमात्र उनीहरु जितेका हुन् ?

प्रधानमन्त्रीको रुपमा ओलीजीले एकखालको जनादेश पाउनुभएको छ । भोलिका लागि उहाँ नै नेता हो भन्ने म्यासेज गएकै हो । स्थानीय चुनावदेखि नै एमालेले राम्रो परफरमेन्स दिएको हो । २०१४ को भारतको चुनाव हेर्ने हो भने पनि मोदीजी हिरो फिगरको रुपमा आउनुभयो,कांग्रेसको फिगर निकै तल झरेको हो । मोदीजे गुजरात मोडलको विकासलाई मार्केटिङ गर्नुभयो ।

यसपटक मतदाताको बीचमा आफ्नो एजेण्डाको मार्केटिङ ओलीजीले गर्नुभयो, हामीले गर्न सकेनौं । हामीले एजेण्डाको मार्केटिङ गर्न सकेनौं । हामीले गरेका राम्रा कामलाई पनि यसो गर्‍यौं भन्न सकेनौं । हामीले माओवादीलाई साथमा लिएर जान कहिँ न कहिँ कमजोरी गरेकै हो ।

यसपटक मतदाताको बीचमा आफ्नो एजेण्डाको मार्केटिङ ओलीजीले गर्नुभयो, हामीले गर्न सकेनौं । हामीले एजेण्डाको मार्केटिङ गर्न सकेनौं । हामीले गरेका राम्रा कामलाई पनि यसो गर्‍यौं भन्न सकेनौं ।

माओवादीलाई साथमै राखिरहन नसक्नुको कारण केही भन्नुभएन नेताहरुले बैठकमा ?

माओवादी बस्न नचाहेको हो जस्तो लाग्छ । हामीलाई माओवादीले शंकाको घेरामा राख्यो । कांग्रेस र माओवादीबीच स्थानीय तहको चुनावमा पनि तालमेल भयो । तर, त्यो धेरै फलदायी भएन भन्ने उहाँहरुको निष्कर्ष हुन सक्छ । माओवादीलाई के लाग्यो भने कांग्रेसले हामीलाई भोट हाल्ने रहेनछन् ।

युद्धको बेला अत्यधिक मात्रामा दुःख दिएको पनि कांग्रेसलाई नै हो । स्थानीय चुनावमा पनि त्यस्तो देखिएको हो । माओवादीलाई बढी कम्फरटेबल एमाले नै भयो हेाला । पार्टी एकता नै गर्ने भनेपछि कम्युनिस्ट स्कूलिङका कार्यकर्तामा उत्साह पनि ल्यायो । दुवैको कुरा मिल्यो । एमालृेलाई बहुमतका लागि माओवादी चाहिएको थियो, माओवादीलाई चुनाव जित्नका लागि एमाले चाहिएको थियो । हामीले ६०/४० मा जाने अवस्था पनि थिएन ।

अन्तर्राष्ट्रिय मित्रहरु पनि लागे होलान् । हामीले नलिए कांग्रेसले लिन्छ भन्ने एमालेलाई लाग्यो होला । तर, कांग्रेसले ४० प्रतिशत सिट छाड्न सक्ने थिएन । जसरी एमालेले माओवादीलाई हाले हाम्राले भोट हाल्ने थिएनन्, त्यो हुँदा उनीहरु पनि हार्ने, हामी पनि हार्ने हुन्थ्यो ।

तपाई कांग्रेसभित्र एमालेलाई साइजमा राख्न माओवादीसँग चुनावमा मिलेर जानुपर्छ भन्ने नेता हो, वामपन्थी एकतापछि पनि तपाईले प्रचण्डलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्छ भन्नुभएको थियो, अहिले तपाईहरुको प्रस्ताव काम लागेन ?

राजनीति भनेको पावर हो,यसमा धेरै खाले गेम हुन्छन् । गठबन्धन भइरहेका बेला प्रचण्डलाई प्रधानमन्त्री अफर गर्छौर्ं भन्नुहुँदैनथ्यो भन्ने कुरा पनि आए । तर, सबै कुरा त सत्तामा ठोकिन्छ । हामीले कार्ड फाल्यौं,उहाँले मान्नुभएन अहिले । अहिले नैतिक रुपमा पनि हामीसँग आउन मिल्दैन प्रचण्डजीलाई । उहाँलाई लहडी र विश्वास नभएको भन्छन् भन्ने भएर पनि अहिले सम्भव भएन ।

तर, नेपालमा २०१६ देखि ठूलो शक्ति र पपुलर नेता अघि बढ्यो भने धेरै अगाडि जाँदैन भन्ने देखिएको छ । त्यस्तो शक्ति वा व्यक्तिलाई रोक्न आन्तरिक र बाहृय धेरै शक्ति लाग्छन् । अहिले ओलीजीले पनि यो जनादेशलाई व्यवस्थापन गर्न सक्नुभएन भने उहाँलाई कहीँ न कहीँ रोक्ने शक्ति सक्रिय हुन्छ ।

भन्नुको मतलब ओलीलाई वा वामपन्थीलाई ५ वर्ष सत्ता चलाउन दिँदैनन् ?

त्यो सम्भावना छ । मैले ओलीजीलाई बीपीको हाइटमा त म लान सक्दिनँ । फरक पार्टीको नेता भएर होइन कि वीपीको हाइटमा त उहाँ पुग्न सक्नुहुन्न । तर, एउटा कुरा तपाई बुझ्नुस वीपीलाई राजा महेन्द्रले कु गरेर फालेको होइन । उनी त माध्यममात्र हुन् । उनको इगो र महत्वकांक्षामा खेल्ने अरुनै थिए । वीपीका अन्तर्राष्ट्रिय फिगर र चाइनसँग लिएको अडान कतिलाई पचेन । वीपीको फिगरका कारण पूरा कार्यकाल खान दिइएन । ओलीजीको पनि त्यस्तो नहोस् ।

तपाईले यसो भन्नु र केही भारतीय पूर्वराजदूहरुले ओलीप्रति गरेका सार्वजनिक टिप्पणी मेल खानु संयोगमात्र हो ?

अहिले केपी ओलीजीले बनाएको जुन व्यक्तित्व छ, राष्ट्रवादी व्यक्तित्व, भलै म त्यसलाई कोट अनकोटमा राष्ट्रवाद भन्छु । भोलि त्यो इमेजलाई लत्याएर अर्को एंगलमा उनी गए भने उनको लोकप्रियता पूरै डाउन हुन्छ । साबिककै अडान लिएर जान्छु भन्ने हो भने पनि धेरै अघि जान दिँदैनन् ।

उहाँलाई अहिले जुन फोन कलहरु आइरहेका छन्, (नरेन्द्र मोदीबाट) ‘टु सम एक्सटेन्ट’ तपाईलाई हामी वेलकम गर्छौ, मिलेर कार्न तयार छौं भनेको हो ।

मोदीजीको भनाइ तपाई आउनुस हामी स्वागछ गर्छौ, सहयोग गर्छौ मिलेर जाउँ भन्नेनै हो । त्यो फ्रेममा उहाँ लाग्नुभयो भने ओलीजीको अडान अर्को एजेण्डामा जान्छ । त्यो प्याराडक्सभित्र उहाँलाई चुनौती छ । हुन त उहाँ धेरै बाठो मान्छे हो । तर, एउटा कुरा एमाले माओवादी गठबन्धनमात्र यहाँका शक्ति होइन । धेरै धेरै शक्तिहरु छन् जसलाई ब्यालेन्स गरेर लानु उहाँका लागि चुनौती छ ।

तर, हामीले बुझ्नुपर्ने अर्को कुरा के पनि हो भने, उहाँको आफ्नो अडानलाई अझ दह्रिलो गरी लानु पर्ने बाध्यता पनि छ । चिनियाँ राष्ट्रपति सि जिनपिङको भिजिट गराउने कुरा पनि उहाँको मनमा होला । मोदीजीलाई पनि जनकपुर र मुक्तिनाथको भ्रमणमा लैजानुछ ।

ओलीले भारत र चीनलाई सन्तुलन मिलाउन गाह्रो छ भन्न खोज्नुभएको हो ?

अहिले ओलीजीको मनोविज्ञान चाहिँ उहाँको जुन एजेण्डा छ त्यसमा रहनुहुन्छ जस्तो देखिन्छ । जहाँबाट फोन आए पनि उहाँले अहिले नै आफ्नो राष्ट्रवादी एजेण्डा छाड्नुहोला जस्तो लाग्दैन । जुन अडानका कराण उहाँले चुनाव जित्नुभएको छ, त्यो छाडेर अर्कोतिर लाग्न सक्ने अवस्था छैन । तर, सँगसँगै उहाँको अडानसँग प्रचण्डजीको मान्यता पनि मिल्नुपर्छ ।

राष्ट्रवादी एजेण्डामा अडिरनुपर्ने केही बाध्यता पनि उहाँका सामू छन् । उहाँ अझ अगाडि बढ्न उहाँलाई अहिलेको म्याण्डेटले प्रोत्साहित गरेको होला । उत्तरबाट रेल ल्याउनेदेखि पारवहन, पेट्रोलियम र ठूला आयोजनामा चीनिया लगानी गराउने कुरामा अघि बढाउनुहोला । किनकि उहाँलाई त अहिले त्यसबाट पछि हट्ने जनादेश पनि छैन ।

जहाँबाट फोन आए पनि ओलीजीले अहिले नै आफ्नो राष्ट्रवादी एजेण्डा छाड्नुहोला जस्तो लाग्दैन । जुन अडानका कराण उहाँले चुनाव जित्नुभएको छ, त्यो छाडेर अर्कोतिर लाग्न सक्ने अवस्था छैन ।

तर, उहाँले दुवैलाई ब्यालेन्स गरेर लैजानु पर्छ । सत्ताको स्थायीत्व हुने नहुने कुरा विदेश नीति पनि एउटा आयाम हो । कुनै पनि राजा महाराजा वा ठूलो जनादेश पाउँदैमा पनि हुँदो रहेनछ । दुई तिहाई त वीपीको समयमा पनि थियो नि । तर, वीपीलाई टिक्न दिएनन् । ओलीजीले यो कुरा अवश्य बुझ्नुभएको छ ।

फेरि कांग्रेसकै कुरा गरौं, पार्टीले चुनाव हारेका कारण शेरवहादुर देउवाले नेतृत्व छाड्नुपर्छ भन्ने कुरा पनि आयो,तपाईको राय के हो ?

कांग्रेसमा म शेरबहादुरजी र रामचन्द्रजी दुवै गुटमा नअटेको मान्छे हुँ । म त उहाँहरुका आसेपासेले लाभ लिएर बाँकी रहेको ठाउँमा बस्ने हो । अस्ति चुनावकै बेला उहाँहरुले सुनसरी १ मा अशोक राईजीलाई छाड्नुभयो । जब कि अशोकजी मेरो जिल्लाको मान्छे । उहाँसँग तालमेल हुँदा त मसँग गर्नुपर्ने हो, तर सभापतिका नजिकका साथीहरुलाई जिताउन तालमेल गरियो ।

तर, पनि चुनाव हार्दैमा नेतृत्वले छाड्नुपर्छ भन्ने कुरा हुँदैन ।

तर, शेरबहादुर देउवाले आफूपछि पत्नी आरजुलाई तयार पार्दै जानुभएको चाहिँ देखियो होइन त ?

शेरवहादुरजी मेरो पूरानो मित्र हो । उहाँ परिवारवाद खडा गर्ने खालको मान्छे त होइन ।

तर, सत्तामा अहिले म्याडमै चल्छ पूरै, मन्त्रीहरु फाइल बोकेर आरजु म्याडमसमक्ष पुगिरहेका हुन्छन् नि ?

त्यो त मलाई थाहा भएन । बाहिर अनेक कुरा आइरहेका छन्, त्यो बेग्लै कुरा हो । यसबारेमा मैले सँगै काम नगरेको हुनाले बोल्न मिल्दैन । व्यक्तिगत रुपमा मैले देउवाजीलाई मैले चिनेअनुसार उहाँ बिन्दास खालको मान्छे हो, परिवारवादमा आशक्त हुने मान्छे चाहिँ होइन । उहाँको श्रीमतीलाई चुनाव लडाउनु कुरा सक्षम मान्छे भनेर उठाउनुभयो होला । तर, सभापति नै बनाउने गरी अघि बढाउने कुरा मलाई लाग्दैन ।

राष्ट्रियसभामा लैजानुपर्‍यो भनेर विज्ञप्ति आइसक्यो त ?

मलाई त्यस्तो लाग्दैन । महिला साथीहरुले भन्नुभयो होला । सदासयसम्म उहाँप्रति होला । अहिलेसम्म बैठकमा सहभागी भए अनुसार उहाँको नाम आएको पनि छैन र त्यसो नहोला ।

तस्वीरहरू : चन्द्र आलेमगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment