Comments Add Comment

सिजेरियन डेलिभरीः कति सुरक्षित, कति जटिल ?

गर्भवती महिलालाई अक्सर एउटा जिज्ञासाले पच्छ्याइरहन्छ, नर्मल डेलिभरी होला कि सिजेरियन ?

अहिले धेरैले चाहने विकल्प हो, सिजेरियन । आम सोचाई के छ भने, सिजेरियन डेलिभरी तुलनात्मक रुपमा सुरक्षित र कम पीडादायिक हुन्छ । सिजेरियन डेलिभरी कृतिम विधि हो, जसमा नर्मले डेलिभरीको जस्तो कष्ट झेल्नुपर्ने हुँदैन । त्यसैले महिलाहरु सुरक्षित प्रसुतिका लागि शल्यक्रियको विकल्प रोज्छन् । तर, कुन राम्रो ? सिजेरियन कि प्राकृतिक ? यो प्रश्नपनि स्वभाविक रुपमा उठ्ने गर्छ ।

तथ्यांकहरुले पनि के देखाउँछ भने, अहिले नर्मलभन्दा सिजरियन डेलिभरीको संख्या तीव्र रुपमा बढिरहेको छ । अझै विकसित देशहरुमा त धेरै कम महिलाहरुले मात्र प्राकृतिक तरिकाले बच्चा जन्माउँछन् । यसका धेरै कारणहरु छन् ।

के हो त कारण ?

विगतमा नर्मल डेलिभरी सामान्य मानिन्थ्यो । हामीले सुन्दै आएका छौं, घाँस काटिरहेकी महिलाले जंगलमै बच्चा जन्माएका किस्साहरु । त्यसबेला गर्भवती भएपनि शारीरिक काम गरिरहनुपर्ने वाध्यता थियो । महिलाहरु कुनै न कुनै रुपले सक्रिय हुन्थे । उनीहरुलाई बच्चा जन्माउन उस्तो गाह्रो हुँदैनथ्यो ।

अहिलेको परिदृश्य फरक छ । महिलाहरु गर्भवती हुनासाथ शारीरिक काममा ध्यान दिन छाड्छन् । कामकाजी महिलाहरु पनि बढिजसो ल्यापटपमै बसिरहन्छन् । एक्सरसाइज कम हुँदा उनीहरुको तौल बढ्न थाल्छ । सिजरियन डेभिरीको एउटा विशेष कारण महिलाहरुको उमेर पनि हो । यी सबै कारण उनीहरुको शरीरमा लचकता पनि कम हुन्छ ।

महिलाहरुको कम शारिरीक क्रियाकलापका कारण उनीहरुको पेटमा रहेको बच्चाको अग्रभाग राम्ररी विकसित हुन सक्दैन । यसले गर्दा बच्चाको डेलिभरी सजिलै हुन सक्दैन र सिजरियन गर्नुपर्ने वाध्यता हुन्छ ।

अन्य कारण

केही महिलाहरु ‘लेवर पेन’ सहन सक्दैनन् । त्यसैले उनीहरु सिजरियनको सहारा लिन्छन् । जबकि केही महिलाहरु आफूले चाहेको दिनमा बच्चा जन्माउन खोज्छन् । यी सबै कारणले सिजरियन डेलिभरी बढिरहेका छन् ।

भारतको अनुभव

भारतमा गरिएको एक सर्वेक्षणअनुसार सरकारी अस्पतालमा १० प्रतिशत मात्रै सिजेरियन डेलिभरी हुन्छ, जबकि प्राइभेट हस्पिटलमा ३१ प्रतिशतभन्दा बढि डेलिभरी सिजरियनबाट हुन्छ । यो सरकारीको भन्दा तीन गुणा बढि हो । निजी अस्पतालहरुले बढि पैसा असुल्नका लागि गर्भवती महिलाहरुलाई सिजरियन डेलिभरीका निम्ति प्रेरित गर्छन् ।

सर्भेक्षणका अनुसार साक्षरता दर उच्च रहेका क्षेत्रहरुमा बढि सिजरियन विधिबाट बच्चा जन्माइन्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार २०१० सम्म भारतमा केवल ८.५ प्रतिशत सिजेरियन डेलिभरी भएका थिए । तर, २०१५-१६ मा आइपुग्दा यो अनुपात बढेर १७.२ प्रतिशत पुगेको छ ।

सिजरियन बच्चाका समस्या

धेरै अनुसन्धानबाट पुष्टि भइसकेको छ कि नर्मल डेलिभरीबाट जन्मेका बच्चाहरु तुलनात्मकरुपमा स्वस्थ हुन्छन् । सिजरियनबाट जन्मेका बच्चामा मोटोपना, एलर्जी र टाइप १ डाइबिटिजको खतरा बढि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment