Comments Add Comment

धारिलो हतियार प्रहार गरी बालकको हत्या

९ माघ, रौतहट । रौतहटको राजपुर नगरपालिकाको बलुवामा धारिलो हतियार प्रहार गरी एक बालकको हत्या भएको छ ।

राजपुर नगरपालिका वडा नम्वर ९ बलुवा गाउँका भिखारी देवानका-८ वर्षीय छोरा मफजुल देवानलाई धारिलो हतियार टाउकोमा प्रहार गरेर हत्या गरिएको शव मंगलवार विहान गाउँ छेउकै बगैचामा फेला परेको हो ।

बालकको शव स्थानीय बासिन्दाहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोमबार सरस्वती पूजाको बिषयलाई लिएर बालक बालकवीच सामान्य झै झगडा भएको र मंगलबार देवानको शव फेला परेको स्थानीय नागरिकले बताएका छन् ।

देवानलाई पछाडिबाट टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जनाइएको छ । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा एकजना बालकसहित दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक छानविन गरिरहेको र बालक देवानलाई हत्या गर्ने व्यक्तिको तीव्र रुपमा खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी रामकुमार दानीले बताए ।

बालकको हत्यापछि बलुवा गाउँमा तनाव उत्पन्न भएको छ । हत्यामा संलग्न व्यक्तिलाई तुरुन्त कारवाही गर्न मृतक परिवारको माग गरेका छन् ।

लुवा क्षेत्रमा अहिले व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरी वास्तविक हत्याराको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment