९ माघ, नवलपुर । नवलपरासीको देवचुली नगरपालिका-१५ लोकाहामा मंगलबार बसको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ ।
लु१ख ९९५५ नम्बरको बसले देवचुली-१० की ७० वर्षीया जेष्ठ नागरिक काजीबहादुर पाण्डेलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बसको ठक्करबाट पाण्डेको मृत्यु भएपछि स्थानीयवासीले करिब आधा घण्टा सडक अवरुद्ध समेत गरेका थिए ।
यस्तै, मंगलबार विहान गैडाकोट नगरपालिका-१० मा गोर्खा ब्रुअरीको पार्किङ्ग गरिराखेको ट्रकमा सुर्खेतबाट काठमाडौंका लागि गुडेको ना५ख ८७३ नम्बरको बस ठोक्किदा ३० जना घाइते भएका छन् ।
घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4