९ माघ, काठमाडौं । संघीय प्रहरी इकाइ कार्यालय, बागमतीका प्रहरी सहायक निरीक्षक (असई) लागूऔषध नाइट्रोभ्याट सेवन गर्दागर्दै पक्राउ गरेका छन् ।
प्रहरी तालिम केन्द्र महाराजगञ्जमा सोको (घटनाको मुचुल्का उठाउने) तालिम लिन आएका उनी केन्द्र छेउमा लागूऔषध सेवन गर्दै गर्दा पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले गत ४ माघमा उनलाई पक्राउ गरेको डिएसपी योगेन्द्रसिंह थापाले बताए ।
‘अहिले जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको छ’, थापाले अनलाइनखबरसँग भने, ‘उनको साथबाट लागूऔषध समेत बरामद गरिको छ ।’
प्रहरीका अनुसार उनको साथबाट लागूऔषध २३ थान नाइट्रोभ्याट र १ सय १० ग्राम गाँजा बरामद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4