+
+
Shares

जन्ती बोकेको जीप दुर्घटना, ११ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १० गते १५:३०

१० माघ, बैतडी । बैतडीको सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा बुधबार मध्यान्ह जन्ती बोकेका दुई जीप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाटन नगरपालिका- ५ का १७ वर्षीय विक्रम बोहरा, २७ वर्षीय दानसिंह विष्ट र सुर्नया-२ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

सिउडेबाट जन्ती बोकेर दोगडाकेदारतिर गइरहेको ग१ज ५१९२ नंको जिप र विपरीत दिशाबाट आइरहेको से१ज २१७ नं को जीप सिउडे बजार नजिकै बुधबार दिउँसो १२.१५ बजे ठोक्किँएको जनाएको छ । दुबै जीपका चालक प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?