+
+

प्रदेश ५ बाट राष्ट्रियसभामा कोमल वलीसहित ३ जना निर्विरोध !

पाण्डव शर्मा पाण्डव शर्मा
२०७४ माघ १० गते १६:५०

१० माघ, दाङ । राष्ट्रियसभा निर्वाचनमा प्रदेश ५ बाट महिला सिटमा कोमल वलीसहित ३ जनाको मात्र उम्मेदवारी परेको छ ।

बुधबार उम्मेदवारी दर्ताको दिन प्रदेश ५ बाट निर्वाचित हुने महिलाको ३ सिटमा ३ जनाको मात्र उम्मेदवारी परेको हो ।

राष्ट्रियसभामा प्रदेश ५ बाट नेकपा एमालेका उम्मेदवारहरु कोमल वली र मीना बुढा तथा नेपाली कांग्रेसकी अनिता देवकोटाको मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

उनीहरु निर्वाचित भएको वा नभएको औपचारिक घोषणा भने उम्मेदवारको नाममाथि दाबी विरोधको समय सकिएपछि माघ १५ गतेमात्रै हुने उनले बताए ।

राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ । त्यसमध्ये महिला ३ जना हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?