News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेशमा २ र ३ जेठमा 'सुदूरपश्चिम कचहरी २०८३' नामक नीति संवाद आयोजना गरिने भएको छ।
- नीति संवाद धनगढीस्थित सौराइ स्क्वायरमा 'समृद्धिका लागि सार्थक संवाद' नारा सहित हुने छ।
- संघीय र प्रदेश सरकार, निजी क्षेत्र, विकास साझेदार, विज्ञ, युवा लगायत सरोकारवालाबीच विकास, लगानी, पर्यटन, शिक्षा, स्वास्थ्य र सुशासनमा छलफल गरिनेछ।
३१ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशको विकास, समृद्धि, लगानी, पर्यटन, रोजगारी, शिक्षा, स्वास्थ्य तथा सुशासनका विषयमा सरोकारवालाबीच नीति संवाद गरिने भएको छ ।
‘सुदूरपश्चिम कचहरी २०८३’ नाममा २ र ३ जेठमा नीति संवाद गर्न लागिएको हो । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग र सुदूरपश्चिम विकास फाउन्डेसनले उक्त कार्यक्रमका लागि समझदारी गरेका छन् ।
नीति संवाद धनगढीस्थित सौराइ स्क्वायरमा गर्न लागिएको छ । ‘समृद्धिका लागि सार्थक संवाद’ नारा तय गरेर नीति संवाद आयोजना गर्न लागिएको छ ।
कार्यक्रममा संघीय तथा प्रदेश सरकारका प्रतिनिधि, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, निजी क्षेत्र, विकास साझेदार संस्था, विज्ञ, शिक्षाविद्, सञ्चारकर्मी, युवा,विभिन्न सरोकारवालाहरू तथा नागरिक समाजको सहभागिता रहनेछ।
सुदूरपश्चिमको विकास मार्गचित्र, संघीयता अभ्यास, निजी क्षेत्र र लगानी, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षित आप्रवासन तथा सुशासनका विषयमा विस्तृत छलफल गरिनेछ।
प्रदेशको विकास प्राथमिकता, लगानीमैत्री वातावरण, पर्यटन ब्रान्डिङ, युवा रोजगारी तथा नीति सुधार सम्बन्धी ठोस सिफारिसहरू तयार गर्ने अपेक्षा राखिएको छ । छलफल पछि ‘सुदूरपश्चिम घोषणा’ समेत जारी गरिने भएको छ ।
प्रतिक्रिया 4