+
+
Shares

सामान्य विवादमा इँटा प्रहार गरी बाबुको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १२ गते १६:४५

१२ माघ, काठमाडाैं । रुपन्देहीको ओमसतिया गाउँपालिका–३, तरकुल्लामा ईट्टा प्रहार गरी आफ्नै बुबाको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय सम्शेरबहादुर थापा छन् ।

मादक पदार्थ सेवन गरेका थापाले बुबालाई सामान्य विवादमा इँटा प्रहार गरेका थिए । इँटा प्रहारबाट ५० वर्षीय बाबु जगतबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?