Comments Add Comment

बार्सिलोनाले भ्यालेन्सिया प्रतिद्वन्द्वी पायो

१२ माघ, काठमाडौं । साविकको विजेता बार्सिलोनाले कोपा डेल रे कप फुटबलको सेमिफाइनलमा भ्यालेन्सिया प्रतिद्वन्द्वी पाएको छ ।

शुक्रबार भएको ड्रमा बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी पाएको हो । बार्सिलोना ला लिगाको शीर्ष स्थानमा छ भने भ्यालेन्सिया तेस्रो स्थानमा छ ।

अर्को सेमिफाइनलमा सेभिल्ला र लेगानेस भिड्नेछन् । सेभिल्ला ला लिगाको छैटौं र लेगानेस १३ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment