Comments Add Comment

बर्षा र संजोगपछि ‘एउटा यस्तो प्रेम कहानी’मा प्रियंका फाइनल


दिपेश सापकोटाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ कलाकारका कारण पावरफूल बन्दै गएको छ । एकपछि अर्का चर्चित कलाकारको इन्ट्रीले यो चलचित्र मल्टिस्टारर बन्ने पक्का छ ।

नायिका बर्षा राउत र उनका प्रेमी संजोग कोइराला फाइनल भएपछि चर्चामा रहेको यो चलचित्रमा अब अर्की चर्चित नायिका प्रियंका कार्कीको पनि इन्ट्री भएको छ ।
नायिका प्रियंका कार्कीलाई निर्माणपक्षले आइतबार मात्र फाइनल गरेको हो ।

साथै, कलाकार किरण केसी र नायक दीलिप रायमाझी पनि चलचित्रमा फाइनल भएका छन् । संगीतकारका रुपमा बसन्त सापकोटापछि अर्जुन पोखरेल फाइनल भएका छन् भने कोरियोग्राफरमा कविराज गहतराज फाइनल भएका छन् ।

चलचित्रका प्रस्तुतकर्ता नायक शिव श्रेष्ठ हुन् । चलचित्रमा यशोधा राई र दिनेश दर्शनधारी निर्माताको रुपमा रहेका छन् । फागूणबाट छायांकनमा जाने लभ स्टोरी चलचित्र नारीप्रधान हुने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment