Comments Add Comment

फेसबुकले जब सोध्यो, ‘तपाईं कोसित सुत्नुहुन्छ ?’

फेसबुकले एउटा नितान्त व्यक्तिगत प्रश्न सोध्न थालेपछि प्रयोगकर्ताहरु चिढिएका छन् । पछिल्लो समय ल्याइएको ‘डिड यू नो ?’ फिचरमा फेसबुकले सोधेको विवादास्पद प्रश्न हो, ‘तपाईंं कोसँग सुत्ने गर्नुभएको छ ?

यो प्रश्नलाई कतिपय प्रयोगकर्ताले ‘घटिया’ संज्ञा दिएका छन् । यस विषयमा टि्वटरमा एकजनाले लेखेका छन्, ‘फेसबुक, मलाई थाहा छ, तिमी ओभरसेयरिङमा विश्वास गर्छौं तर यो त अति धेरै चियोचर्चाे भयो ।’
‘आजकल फेसबुकले जान्न चाहेका कुराहरु घटिया र नीच छन्,’ अर्का टि्वटर प्रयोगकर्ताले लेखेका छन् ।

यद्यपी फेसबुकले प्रष्ट पारेको छ कि यो प्रश्नको आशय अर्कै थियो, तर शब्दको बनावटले अर्कै अर्थ लाग्न गयो । कम्पनीका अनुसार उसले कोसँग सुतेको भनेर व्यक्तिको कुरा गरेको होइन, कुनै वस्तुको कुरा गरेको हो, जस्तै टेडी वियर वा अरु कुनै नरम खेलौना ।

‘डिड यू नो फिचरमा सोधिएको प्रश्नले अलिकति भ्रम सिर्जना गरेको हामीलाई लागेको छ । हामीले कल्पना गरेका थियौं कि प्रयोगकर्ताहरुले उनीहरु कस्तो वस्तुलाई अंगालेर सुते भन्ने कुरा सेयर गर्न इच्छुक हुनेछन् । तर विवाद आएपछि हामीले यो प्रश्नलाई हटाइदियौं,’ फेसबुकका एक प्रवक्ताले द इन्डिपेन्डेन्टलाई भने ।

सम्बन्धित एक नोटमा डिड यू नो फिचरलाई गत डिसेम्बरमा प्रस्तुत गरिएको थियो । प्रयोगकर्ताहरुलाई बढी भन्दा बढी स्ट्याटस अपडेटका लागि प्रोत्साहित गराउन यो फिचर ल्याइएको हो ।

फेसबुकले आफ्नो प्लेटर्फमबाट झुटा समाचारहरुमा अंकुश लगाउने प्रयासमा केन्द्रित रहेका बेला पछिल्लो विवाद आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment