Comments Add Comment

राजधानीका विषयमा धनकुटामै वार्ता गर्ने सहमति

१४ माघ, काठमाडौं । विभिन्न राजनीतिक दलका नेता, मन्त्री र सांसदहरुले धनकुटालाई प्रदेश राजधानी बनाउने विषयमा स्थानीयस्तरमा नै वार्ता गर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योग मन्त्री सुनिलबहादुर थापाले धनकुटा प्रदेश राजधानी बनाउन सबै किसिमले उपयुक्त रहेको भन्दै राजधानी बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।

धनकुटा क्षेत्र नं. १ का प्रदेशसभा सांसद निरन राई, इन्द्रमणि पराजली,पूर्वसांसद मनोहरनारायण श्रेष्ठ र नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले धनकुटालाई राजधानी बनाउने आधार हुँदाहुँदै सरकारले अन्याय गरेको बताए ।

उनीहरुले धनकुटालाई प्रदेश राजधानी बनाउन आन्दोलन भइरहेकाले स्थानीयस्तरमा नै गएर वार्ता गर्नुपर्ने बताए । धनकुटाको भौतिक संरचनाबारे गलत सिफारिस गरिएकाले पुन प्रतिनिधिमण्डल पठाएर अध्ययन गर्न उनीहरुले माग गरेका छन् ।

कार्यक्रममा र पछि आयोजित वार्तामा धनकुटामानै गई आन्दोलनरत पक्षसंग अविलम्ब वार्ता गर्ने र त्यसका लागि वातावरण बनाउन सरकारसमक्ष पहल गर्न सबैले सहयोग गर्ने सहमति भएको प्रादेशिक राजधानी धनकुटा अभियान समिति काठमाडौका संयोजक विजयसन्तोषी राईले जानकारी दिए ।

कार्यक्रममा अन्य वक्ताहरुले धनकुटालाई अस्थायी राजधानी नतोकेर सरकारले अन्याय गरेकाले अब जसरी भए पनि स्थायी प्रादेशिक राजधानी बनाउनुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment