+
+
Shares

फाइनान्स कम्पनीबाट ५ करोड कर्जा लिएर फरार व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १५ गते ११:२०

१५ माघ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिक कसुरको एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको गागलफेदी–५ घर भइ हाल चितवन बस्दै आएका ३४ वर्षीय विमल खड्का छन् ।

उनलाई पुनरावेदन अदालत पाटनले २९ बैशाख ०७१ मा ५ करोड ७५ लाख जरिवाना र ३ वर्ष कैद सजाय तोकेको थियो । उनले ०६५ सालमा क्यापिटल मर्चेन्ट फाइनान्सबाट ५ करोड ७५ लाख रुपैयाँ कर्जा निकासा गरी फरार भएका थिए ।

‘उनले आफू सञ्चालक भएको सात्विक डेभलोपर्सको नाममा दर्ता भएको जग्गाहरु धितो राखेर कर्जा निकासी गरेका थिए’, सीआईबीका प्रवक्ता जीवन श्रेष्ठले भने, ‘हामीले शनिबार उनलाई चितवनबाट पक्राउ गरी जिल्ला अदालत चितवनमा पेश गरेका छौं । र, कैद भुक्तानको लागि कारागार कार्यालय, चितवन पठाइएको छ ।’

यसअघि ब्यूरोले सोही कम्पनीबाट कर्जा लिएर ठगी गर्ने ५ जनालाई पक्राउ गरिसकेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?