Comments Add Comment

सात बैंकको नाफा एक अर्बमाथि, कृषि विकास, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन र नबिल पनि अर्बपति क्लबमा


१५ माघ, काठमाडौं । चालु आव २०७४/७५ को दोस्रो त्रैमासिकमा सात बैंकको नाफा एक अर्ब पुगेको छ । आइतवार नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक र एनएमबी बैंकको नाफा अर्ब कटेको वित्तयि विवरण सार्वजनिक भएको थियो । सोमबार कृषि बिकास, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन र नबिल बैंकको १ अर्ब नाफा पुगेको वित्तीय विवरण प्रकाशित भएको छ ।

कृषि विकास बैंक

कृषि बिकास बैंकको नाफा १३ प्रतिशतले बढेको छ । बैंकको नाफा १ अर्ब २ करोड पुगेको छ । गत आवको दोस्रो त्रैमासिकमा बैंकले ९० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको नाफामा राइट ब्याकको ठुलो योगदान रहेको छ । बैंकले कुल ९६ करोड फिर्ता ल्याएको (राइट ब्याक गरेको) छ ।
बैंकको सञ्चालन नाफा भने ४० प्रतिशतले घटेको छ । यो ४१ करोडमा सिमित भएको छ । बैंकको खुद व्याज आम्दानी भने करिब १५ प्रतिशतले घटेको छ । यो रकम २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा १ अर्ब ११ करोड रुपैयाँ राखेको छ । बैंकको खराब कर्जाको अनुपात थप बढेर ३.९५ प्रतिशत रहको छ । करिब १ सय ३१ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट ६० करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम करिब ९ प्रतिशतले बढेको छ ।

बैंकको करिब १२ प्रतिशतले निक्षेप बढेर ९८ अर्ब रहेको छ । कर्जा ६ प्रतिशतले वृद्धि भएर ९२ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ९४ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७९.५९ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । थप कर्जा लगानी गर्न बैंकसँग स्पेश छैन ।

बैंकको कुल कर्जा लगानीमा १२ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा १० अर्ब लगानी भएको छ ।

बैंकको सेयरमा प्रतिफल केही घटेर करिब १०.३६ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब ३ अर्बले बढेपनि सेयरमा प्रतिफल स्थिर जस्तै छ । बैंकको चुक्ता पूँजी १३ अर्ब ९३ करोड पुगेको छ भने सञ्चिती ९ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । साधारण सेयर भने ८ अर्ब ५० करोड हो ।
बैंकको प्रतिसेयर आम्दानी २०.३७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.६२ गुणा र प्रतिसेयर नेटवर्थ २ सय २ रुपैयाँ रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड

चालु आव २०७४/७५ को दोस्रो त्रैमासिकमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ३७ प्रतिशतले बढेको छ । बैंकको नाफा १ अर्ब १ करोड पुगेको छ । गत आवको दोस्रो त्रैमासिकमा बैंकले ७४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा भने ३८ प्रतिशतले बढेको छ । यो १ अर्ब ५५ करोड रुपैयाँ छ । बैंकको खुद व्याज आम्दानी भने करिब ४० प्रतिशतले बढेको छ । यो रकम १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट ७१ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम करिब १७ प्रतिशतले बढेको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा ६ करोड रुपैयाँ राखेको छ भने २ करोड मात्रै फिर्ता ल्याएको छ । बैंकको खराब कर्जाको अनुपात ०.१७ प्रतिशत रहको छ । करिब ६ सय ८५ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको करिब ७ प्रतिशतले निक्षेप बढेर ६६ अर्ब पुगेको छ । कर्जा करिब २० प्रतिशतले वृद्धि भएर ४२ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात करिब ६४ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७८.९७ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । थप कर्जा लगानी गर्न बैंकसँग राम्रै स्पेस छ ।

बैंकको कुल कर्जा लगानीमा ५१ प्रतिशत लगानी रियल इस्टेट र ओभरड्राफ्ट कर्जामा रहेको छ । यी क्षेत्रमा २१ अर्ब रुपैयाँ लगानी भएको छ ।
बैंकको सेयरमा प्रतिफल १७ प्रतिशतबाट घटेर करिब १५ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब ५ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब १ करोड पुगेको छ भने सञ्चिती ४ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ६० रुपैयाँ रहेको छ ।

नबिल बैंक

चालु आव २०७४/७५ को दोस्रो त्रैमासिकमा नबिल बैंकको नाफा ५ प्रतिशतले बढेको छ । बैंकको नाफा १ अर्ब ८३ करोड पुगेको छ । गत आवको दोस्रो त्रैमासिकमा बैंकले १ अर्ब ७४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा पनि ४ प्रतिशतले बढेको छ । यो २ अर्ब ७३ करोड रुपैयाँ छ । बैंकको खुद व्याज आम्दानी भने १० प्रतिशतले बढेको छ । यो रकम २ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट ८५ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम ८ प्रतिशतले बढेको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा २० करोड रुपैयाँ राखेको छ भने ८ लाख रुपैयाँ मात्रै फिर्ता ल्याएको छ । बैंकको खराब कर्जाको अनुपात बढेर १.१३ प्रतिशत रहको छ । करिब १ सय ५९ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको निक्षेप खासै बढ्न सकेको छैन् । यो रकम १ खर्ब २१ अर्ब करोड रहेको छ । कर्जा ११ प्रतिशतले वृद्धि भएर १ खर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ८३ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७६.४९ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । थप कर्जा लगानी गर्न बैंकसँग स्पेस छ ।

बैंकको कुल कर्जा लगानीमा ६७ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा ६८ अर्ब रुपैयाँ लगानी भएको छ ।

बैंकको सेयरमा प्रतिफल २९ प्रतिशतबाट बढेर २४ प्रतिशतमा भएको छ । बैंकको चुक्ता पूँजी करिब २ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड पुगेको छ भने सञ्चिती ७ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३.३७ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ९८ रुपैयाँ छ ।

हिमालयन बैंक

चालु आव २०७४/७५ को दोस्रो त्रैमासिकमा हिमालयन बैंकको नाफा करिब ८ प्रतिशतले बढेको छ । बैंकको नाफा १ अर्ब १० करोड पुगेको छ । गत आवको दोस्रो त्रैमासिकमा बैंकले १ अर्ब २ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा करिब १३ प्रतिशतले घटेको छ । यो १ अर्ब ४० करोड रुपैयाँ छ । बैंकको खुद व्याज आम्दानी भने ४ प्रतिशतले बढेको छ । यो रकम १ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट ७४ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम ४ प्रतिशतले बढेको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा २८ करोड रुपैयाँ राखेको छ भने २७ करोड रुपैयाँ फिर्ता ल्याएको छ । बैंकको खराब कर्जाको अनुपात बढेर १.३२ प्रतिशत रहको छ । करिब १ सय ३३ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको निक्षेप २ प्रतिशतले बढेर ९२ अर्ब करोड पुगेको छ । कर्जा १० प्रतिशतले वृद्धि भएर ८२ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ८९ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७९.३० प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । थप कर्जा लगानी गर्न बैंकसँग स्पेस देखिदैन ।

बैंकको कुल कर्जा लगानीमा ६१ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा ५१ अर्ब रुपैयाँ लगानी भएको छ ।

बैंकको सेयरमा प्रतिफल २१ प्रतिशतबाट बढेर १८ प्रतिशतमा भएको छ । बैंकको चुक्ता पूँजी करिब २ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ११ करोड पुगेको छ भने सञ्चिती ४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.२१ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५७ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment