+
+
Shares

रौतहटको राजपुरमा गोली लागेर एक जना घाइते

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७४ माघ १५ गते ११:४९

१५ माघ, रौतहट । रौतहटको राजपुर नगरपालिकाको बैरियामा सोमबार बिहान गोली लागेर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा बैरिया–९ का ३५ वर्षीय शेष सैफुल्लाह छन् । उनको कम्मरमुनिको दाहिने भागमा एउटा गोली लागेको प्रहरीले जनाएको छ ।

गाइभैंसी व्यापारी रहेका सैफुल्लाहलाई उनकै साथी मगनी भन्ने अब्दुल खालिदले बिहान भगवानपुर घाटतिर घुम्न जाउ भनेर बोलाएको र सो स्थानमा पुग्दा गोली हानेर भागेको उनले बताएका छन् ।

‘भगवानपुर घाटतिर लिएर गयो, अनि मगनीले नै गोली हानेर भाग्यो’, गौर अस्पतालमा उपचारका क्रममा रहेका सैफुल्लाहले अनलाइनखबरसँग भने, ‘हामी दुवै जना व्यापारी हौं । गोली किन हान्यो थाहा भएन ।’

जिल्ला अस्पताल गौरमा गोली निकाल्न सम्भव नभएपछि उनलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?