
१६ माघ, काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेल दुई थोपा हाँसो लिएर खाडी मुलुकको यात्रामा जाने भएका छन् । सिस्नुपानी नेपाल र गैर आवासीय नेपाली संघको आयोजनामा गजुरेलसहितको टोली युएई, कतार र मलेसिया यात्रामा जान लागेको हो ।
‘दुई थोपा हाँसो’लाई हास्य व्यंग्य र योगसहितको जनचेतनामुलक कार्यक्रम भनिएको छ । उक्त अभियान अन्तर्गत गजुरेलसहितको टोलीले युइईमा मात्रै पाँचवटा कार्यक्रम गर्नेछ । १ फेब्रुअरीमा अबुधावीबाट सुरु हुने गजुरेलको दुबई यात्रा दुई तारेखमा अलऐन, तीन तारेखमा सारजहाँ, चार तारेखमा दुबई र पाँच तारेखमा फुजेरामा पुग्ने आयोजक गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएईले जानकारी दिएको छ ।
फेब्रुअरी महिनालाई ‘जनचेतना महिना’ को रुपमा मनाउने योजना अनुसार नेपाली राजदूतावास अबुधाबीको संयोजन, सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ कार्यक्रम गर्न लागिएको एनआरएन युएईले जनाएको छ ।
उक्त कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, लक्ष्मण गाम्नाङ्गे, योग गुरु डा.राजु अधिकारी, व्यंग्य कवि टंक आचार्य सहभागी हुनेछन् ।
प्रतिक्रिया 4