Comments Add Comment

यूएर्इमा मृत्यु भएका भरतको परिवारलाई यूएईका नेपालीको १९ लाख सहयोग

२९ जनवरी, यूएई । रोजगारीको सिलसिलामा यूएई आएको पाँच महिनामै निधन भएका चितवन मेघौली निवासी भरत घिमिरेको परिवारलाई यूएईमा रहेका नेपालीहरुले राहत स्वरुप १९ लाख ३२ हजार ४६९ रुपैयाँ सहयोग गरेका छन् ।

माघ १४ गते नेपाली दूतावास परिसरमा आयोजित एक कार्यक्रममा उक्त रकम औपचारिक रूपमा हस्तान्तरण गरिएको अभियन्ता ढकबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

परिवारसँगको सल्लाह र सुझाव अनुसार स्व।घिमिरेकी पत्नी अस्मिता घिमिरेको संरक्षकत्वमा नाबालक सन्तानद्वय सुमित घिमिरे र सृष्टि घिमिरेको नाममा सनराइज बैंक चितवन शाखामा संयुक्त खाता खोली उक्त रकम जम्मा गरिएको अर्का अभियन्ता नवराज नवोदितले बताए ।

नेपाली दूतावासमा यूएईका लागि नवनियुक्त कार्यबहाक राजदूत सागरप्रसाद फुँयाल,श्रम काउन्सिलर भेषबहादुर कार्की ,द्वितीय सचिव कृष्ण अर्याल लगायत दूतावासका सम्पूर्ण कर्मचारीहरु साथै एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठ ,महासचिव कृष्ण पौडेल, प्रवासी नेपाली मञ्चका अध्यक्ष श्याम कंडेल, उज्यालो प्रतिनिधि उमाकान्त पाण्डे ,युएईका लागि सनराइज बैंकका प्रतिनिधि संजित सिंह लगायतको रोहवरमा उक्त रकम सार्वजनिक हस्तान्तरण गरिएको हो ।

यूएईस्थित एक सेक्युरिटी  कम्पनीमा कार्यरत घिमिरेलाई सोही  कम्पनीका सहकर्मी मित्रहरूले यो सहयोग जुटाएका हुन् । यो अभियानमाको यूएईका सातै राज्यमा रहेका करिब १ हजार ५ सय नेपाली तथा विदेशीहरुले स्वेच्छिक सहयोग गरेको अभियानका सक्रिय सहयोगि सचिन ढुंगानाले जानकारी दिएका छन्  ।

यस अभियानमा प्रत्यक्ष परोक्ष सहयोग गर्ने सम्पूर्णलाई  संयोजन टोलि हार्दिक आभार व्यक्त गरेको छ ।

सेक्युरिटी गार्डको भिसामा काम गर्न आएका घिमिरे पाँच महिनाको प्रतिक्षा पछि लाइसेन्सको परीक्षामा भाग लिने दिन गत डिसेम्बर ७ तारिख ओछ्यानमै मृत फेला परेका थिए ।

सहकर्मी र शुभेच्छुकहरूबाट उपलब्ध यो सहयोग उदाहरणीय रहेको एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठले प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment