Comments Add Comment

मच्छिन्द्रबहालमा सुरक्षागार्डकाे हत्या सहकर्मीबाटै

१६ माघ, काठमाडौं । काठमाडौं–२५ स्थित मच्छिन्द्रबहालमा आफ्नै सहकर्मीको ईटा प्रहारबाट एक जना सुरक्षागार्डको हत्या भएको खुलेको छ ।

आइतबार राति इस्टवेस्ट सेक्यूरिटिजमा कार्यरत् सुरक्षागार्ड मावापौवा घर भएका ५३ वर्षीय तुलबहादुर तामाङको हत्या भएको थियो ।

उनको हत्यामा संलग्न भएको आरोपमा तामाङकै सहकर्मी मकवानपुरको साविक चितलाङ–२, हालको थाहा नगरपालिकाका २२ वर्षीय राजन थापा क्षेत्री पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनले ड्यूटीको विषयमा वादविवाद हुँदा उनले तामाङको हत्या गरेका थिए ।

महानगरीय प्रहरी परिसरले उनलाई काठमाडौंको बाङ्मुढाबाट सोमबार दिउँसो पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment