Comments Add Comment

पोखरामा अन्योल, प्रदेशसभा बैठक कसरी सुरु गर्ने ?

४ सदस्यीय संसदीय कर्मचारी टोली आज पोखरामा

१६ माघ, पोखरा । माघ २२ गते ११ बजे डाकिएको प्रदेशसभाको पहिलो बैठकका लागि पोखरा नगर विकास प्रशिक्षण केन्द्र मर्मत तथा सिंगारपटार गरिएको छ ।

प्रदेशसभा हलको डिजाइन कस्तो बनाउने, कुन कुन संरचना कसरी निर्माण गर्ने, बैठकको सुरुवात कसरी गर्ने आदि विषयमा अन्योल भने कायमै छ । ती विषयमा सहजीकरण गर्न ४ सदस्यीय संसदीय टोली मंगलबार पोखरा आउादैछ ।

प्रदेशसभास्थल, प्रदेशसभा सचिवालय, मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, विभिन्न विभाग निर्माणको सहजीकरणका लागि सहसचिव जीवराज बुढाथोकी, उपसचिव गोपाल सिग्देल, अधिकृत अनन्त कोइराला र प्राविधिक सहायक सुदर्शन गौतमको टोली मंगलबार पोखरा आउँदैछ ।

कार्पेट ओछ्याउने, सभामुख तथा सांसदका लागि कुर्ची तथा टेबल तयार पार्ने लगायत काम अहिले भइरहेको छ । प्रदेशसभा हलमा फर्निचर सेटिङ कसरी गर्ने, पत्रकार, पर्यवेक्षक, मर्यादापालक लगायतका लागि कहााकहाा स्थान तोक्ने निर्क्योल गर्न केन्द्रबाट आउने संसदीय टोलीको प्रतीक्षा थियो ।

‘मंगलबार हामी पोखरा आइपुगेलगत्तै सरकारी कर्मचारीसाग भेटघाट हुन्छ,’ सहसचिव जीवराज बुढाथोकीले भने, ‘प्रदेशसभा बैठकको तयारी र त्यसका लागि आवश्यक पूर्वाधार तथा सामग्री जुटाउन लाग्नेछौं ।’ टोलीले यहाँका अरु कर्मचारीलाई तालिम दिनेछ ।

१५ दिनदेखि १ महिनासम्म पोखरा नै बसेर यो टोलीले अन्य कर्मचारीलाई संसदीय अभ्यास गराएर र्फकनेछ ।

संघीय संसदमाजस्तै यहाा प्रदेश संसदको पनि भौतिक पूर्वाधार निर्माण गरिने उनले जानकारी दिए । सबैभन्दा अगाडि ड्यासमा सभामुख, त्यसैको दायाँ छेउमा सांसद बोल्ने पोडियम, सभामुखको ड्यास अगाडि दायाापट्टी सत्तापक्ष र बायाँ पट्टी प्रतिपक्षका सांसद बस्ने र कर्मचारी, पत्रकार लगायतलाई छुट्टै ठाउा व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

बैठक शुरु हुनु पहिले नै जनाउ घन्टी बजेपछि सा‌ंसद हलभित्र प्रवेश गरी सभामुख तोकिएका ज्येष्ठ सदस्य डयासमा पुगेपछि राष्ट्रिय धुन बजाएर बैठक सुरु गर्ने तयारी गरिएको छ । बैठकमा संसदको अन्तरिक व्यवस्थापन कार्यविधि ग्रहण गरेलगत्तै सभामुख तथा उपसभामुख निर्वाचनको मिति तोकिनेछ । पहिलो बैठकको १५ दिनभित्र सभामुख तथा उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संसदको अभ्यासका लागि पनि पहिलो र दोस्रो बैठकमा सांसदलाई पनि बोल्न दिने गरी तयारी थालिने टोलीले जनाएको छ । प्रदेशसभाको बैठक बस्नुभन्दा ३/४ दिन अगाडि नै सर्बदलीय बैठक बसेर कार्यसूची तयार गरिने टोलीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment