Comments Add Comment

सौका समुदायले देउँसीभैलो खेलेर आज गबला पर्व मनाउदै

१७ माघ, दार्चुला । दार्चुला जिल्लामा मात्रै बसोबास रहेको सौका समुदायले देउसीभैलो खेलेर आज गबला पर्व मनाउँदै छन् ।

हरेक वर्ष माघ शुक्ल पूणिर्माका दिन सौका समुदायले देउसीभैलो खेलेर मनाउने गबला पर्व यो वर्ष आज मनाइदै छ ।

परम्परागत रुपमा मनाउँदै आएको गबला पर्व देउताका नामले पूजा पाठ तथा देउसीभैलो खेलेर मनाउने चलन छ ।

गबला भन्नाले सौका समुदायको देउताका रुपमा पूजा पाठ गरिने भएकाले यो पर्वको नाम नै गबला पर्व रहन गएको व्याँसका स्थानीयवासी परी तिंकरीले बताए ।

अन्य समुदायले तिहारका बेला खेल्ने देउसीभैलो सौका समुदायले गबला पर्वका अवसरमा देउसीभैलो खेल्ने गर्दछन् ।

विशेषगरी व्यास गाउँपालिका वडा नम्बर-१ तिङकरमा बसोवास गर्ने व्यासी सौकाहरुले आज गबला पर्ब मनाउने गर्दछन् ।

दार्चुलामा मात्रै बसोवास रहेको यो जातिले अरु पर्वलाई भन्दा पनि यो पर्बलाई निकै महत्व दिने गरेका छन् ।

यो पर्ब मनाएपछि मात्रै विवाह लगायतका शुभ कार्यहरुको थालनी गर्ने परम्परा रहेकाकाले पनि यो पर्वलाई विशेष महत्वका साथ मनाइने व्यास गाउँपालिका वडा १ का स्थानीय जयन्ती तिङकरीले बताइन् ।

यो पर्वका अवसरमा पूजापाठ गरेर आफना इष्ट मित्रहरुलसँग जमघट भइ मिठामिठा परिकारहरु खाएर मनाइन्छ भने तिहारमा खेलिने भैलो पनि यो समुदायले आज खेल्ने गर्दछन् ।

त्यसैगरी विबाहित छोरी चेली आजको दिन माइत जाने चलन समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment