Comments Add Comment

गणतन्त्र दिवसमा छुटेका भोजबहादुर डकैतीमा पक्राउ

परिवारका सबैलाई बन्धक बनाएर यसरी भयो डकैती

साङ्केतिक तस्वीर

१७ माघ, काठमाडौं । सरकारले गणतन्त्र दिवसको अवसर पारेर १४ जेठमा ‘आचरण सुधार गरेका’ ७५९ कैदीलाई रिहा गर्ने निर्णय गर्‍यो । डाँका तथा चोरी मुद्दामा जेल परेका रामेछाप दोरोम्बाका भोजबहादुर थापा मगर पनि छुटे ।

तर, राम्रो आचरण देखाएको भन्दै छुटेका उनी ८ महिनापछि डकैतीमा फेरि पक्राउ परेका छन् ।

भोजबहादुरको समूहले ९ माघमा भक्तपुरको सूर्यविनायक–८, गणेश चोकमा रहेको मनोहर बस्नेतको घरमा चोरी गरेका थिए ।

अनुसन्धानका क्रममा प्रहरीले भोजबहादरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ भने तीन जना फरार छन् ।

पक्राउ पर्नेमा भोजबहादुरसँगै सिन्धुलीको मरिन–८ का ४० वर्षीय मिलन भनिने रत्नाबहादुर तामाङ, काभ्रेको धुलिखेल–१ का २६ वर्षीय विष्णु भनिने अमृत तामाङ र काभ्रेको घुलिखेल–१० का २७ वर्षीय सानुकान्छा ब्लोन छन् ।

रामेछाप दोरम्बा–४ का २६ वर्षीय टोकल भनिने रोहितबहादुर थापा मगर, सिन्धुपाल्चोक, मेलम्चीका बाइबा भनिने दीर्घबहादुर तामाङ र सिन्धुलापाल्चोक घर भइ हाल ललितपुरको भैसिपाटी बस्दै आएका विनोद तामाङ छन् ।

पक्राउ परेकाहरुको साथबाट ६ तोला पगालेको सुनको डिक्का, बा ८३ प ३७७३ नम्बरको एफजेड मोटरसाइकल, एक थान मोबाइल लगायत बरामद गरिएको छ ।

पीडितको हात खुट्टा बाँधेर चोरी

भोजबहादुरको समूहले ९ माघमा नजिक खाजा खाँदै बसेर बस्नेतको घरेको ‘रेकी’ गरेको थियो । उनीहरु बस्नेतको घरमा डेरा गरी बस्दै आएका रामबहादुर तामाङको कोठामा चोरी गर्न उपयुक्त समयको प्रतीक्षामा थिए ।

जब बिहानको २ बज्यो, उनीहरुको समूह पेस्तोल र खुकुरीसहित तामाङको कोठामा छिर्‍यो ।

हतियार देखाएर कसैले आवाज निकालेमा ज्यान मार्ने त्रास देखाए । त्यतिमा मात्रै उनीहरु सीमित रहेनन्, परिवारमा भएका सदस्यको हात, खुट्टा डोरीले बाँधे । सबैलाई बन्धक बनाइसकेर उनीहरुले १६ लाख रुपैयाँ बढीको नगद, सुनका गरगहना लगायत लुटे ।

भाग्ने क्रमाम घरमा पार्किङ गरेको बा ८५ प ७८५० नम्बरको मोटरसाइकल लिएर भागे ।

पीडितको उजुरीका आधारमा प्रहरीले डकैतीमा संलग्नहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment