Comments Add Comment

परम्परा तोड्दै मेलेनिया स्टेट अफ युनियनमा एक्लै गइन्

राष्ट्रपतिको ‘स्टेट अफ द युनियन’ सम्बोधनमा प्रथम महिलाले कस्तो ड्रेस लगाउँछिन्, उपस्थितहरुलाई कसरी अभिवादन गर्छिन् र कुन पाहुनालाई सम्बोधन हेर्न आफ्नो छेउमा आमन्त्रित गर्छिन् भन्नेमा भन्ने अमेरिकीहरुको आम चासो हुन्छ ।

राष्ट्रपति ट्रम्पको पहिलो यस्तो सम्बोधनमा मेलानिया ट्रम्प मंगलबार राति उपस्थित भइन् । उनी हलमा प्रवेश गर्दा तालीको गडगडाहटले स्वागत गरियो ।

‘पाम बीच’बाट भर्खरै फर्किएकी प्रथम महिला मेलानियाको अनुहारको रंग खैरो देखिन्थ्यो र, रेकर्डका लागि उनले डिओर ब्रान्डको लुगा लगाएकी थिइन् ।

बितेका केही साता सार्वजनिक रुपमा नदेखिएकी प्रथम महिलाका लागि यो केही अन्तरालपछिको हाइप्रोफाइल कार्यक्रम थियो । पछिल्लो समय सार्वजनिक जीवनमा मेनेलियाको अनुपस्थितिलाई पोर्न स्टार स्टोर्मी डेनियल्ससँग उनका पतिको पुरानो हिमचिमका बारेमा आएका समाचारसँग जोडेर हेरिएको छ ।

एक दशक अगाडि ट्रम्पसँग रहेको अफेयरलाई गुपचुप राख्न २०१६ को चुनावअघि उनलाई एक लाख ३० हजार डलर दिइएको समाचार बाहिर आएपछि मेनेलिया खुसी छैनन् ।

कालो सुट र निलो टाईहरुको भिडमा मेनेलियाको क्रिम रंगको प्यान्ट सुट फरक देखियो ।

उनको लुगाको छनोटले दुई वटा कुरालाई सम्झायो :

पहिलो, उनको सुटको रंग गतवर्ष डेमोक्रेटिक पार्टीका महिलाहरुले राष्ट्रपति ट्रम्पले पहिलोपटक कंग्रेसको संयुक्त सत्रलाई सम्वोधन गर्दा लगाएको सेतो रंग र स्टाइलको सुटसँग मिल्दोजुल्दो छ (यो हिलारी क्लिन्टनले सार्वजनिक रुपमा प्रस्तुत हुँदा रुचाउने गरेको रंग पनि हो) ।

दोस्रो, हालै मात्र ग्रामी अवार्डमा संगीतकर्मीहरुले ‘टाइम इज अप’ आन्दोलनको संकेतस्वरुप सेतो लुगा लगाएका थिए ।

अथवा, हुन सक्छ खैरो छालासँग क्रिम रंग राम्रो देखिन्छ ।

श्रीमानको साथबिना संसद भवनमा आउने प्रथम महिलाको निर्णय सम्वोधनमा आफ्ना अतिथिहरुसँग एक्लाएक्लै समय बिताउने उनको आकांक्षाको कारण हुन सक्छ ।

विशेष अतिथिहरुमा ६२ जना बालबालिकाहरुको ज्यान जोगाउने एक अग्नि नियन्त्रण प्राविधक पनि थिए । ‘उनीहरुका लागि ह्वाइट हाउसमा रिसेप्सन राख्नु र फोटो खिच्ने अवसर दिनुका अलावा उहाँले उनीहरुलाई संसद भवनमा पनि साथ दिनुभयो’ मेनालियाकी प्रवक्ता स्टेफाइन ग्रिशामले एक वक्तव्यमा भनेकी छिन्, ‘प्रथम महिला र श्रीमती पेन्स (उपराष्ट्रपतिकी श्रीमती कारेन पेन्स) ले सम्बोधनभन्दा अगाडि उनीहरुसँग व्यक्तिगत तहमा आत्मियता कायम गरिसक्नुभएको थियो ।’

ह्वाइट हाउसका पूर्वअधिकारीका अनुसार हिलारी क्लिन्टन, लाउरा बुस र मिचेल ओबामा सबै स्टेट अफ द यूनियन सम्वोधनमा आफ्ना श्रीमानहरुसँग आएका थिए ।

लाउरा बुसकी प्रमुख कर्मचारी रहेकी अनिता म्याक्ब्राइडले भनिन्, ‘ट्रम्प दम्पत्ती आफैंले बनाएको बाटोमा हिँडिरहेका छन् ।’

आफ्नी श्रीमती संसद भवनमा आफूबिना आएपछि ट्रम्प ह्वाइट हाउसमा कागजको एउटा चिर्कटो समातेर ‘बिस्ट’ नाम दिइएको लिमोजिन कारमा चढे । गाडीमा उनले सम्बोधनका अंशहरु घोकिरहेको रिपोर्टरहरुले देखेका थिए ।

न्यूयोर्क टाइम्सकेा सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment