Comments Add Comment

किन चाहियो भियग्रा ? यी ९ खानेकुरा खानुहोस्

यौनको प्रसंगमा हामी खुलेर कुरा गर्दैनौं । यौनजन्य कुरालाई भित्रभित्रै लुकाउँछौं । यसले हाम्रो मनोविकार बढाउँछ । त्यही मनोविकारले यौनजन्य समस्या निम्त्याउँछ ।

यौनको प्रसंग आउनसाथ धेरैले लुकाउने समस्या हो, यौनमा असन्तुष्टि । यस्तो असन्तुष्टि किन हुन्छ ? मनोविद्हरुले यसका केहि साझा कारण खोतलेका छन् । यसमा मानसिक कुरादेखि हर्मोनल गडबडीसम्म हुनसक्छ ।

यौन असन्तुष्टिको चर्चा गर्नसाथ धेरैले भन्छन्, यौन उत्तेजना नै भएन । आफु वा आफ्नो पार्टनरमा यस्तो समस्या भएपछि धेरैको यौनजीवन खल्लो हुने गर्छ । अब के गर्ने त ? यौन उत्तेजनाको लागि हामी भियाग्रा सम्झन्छौं । भियग्राले पुरुषहरुको ‘इरेक्सन’ बढाउन प्रभावकारी काम गर्छ ।

तर, यौन उत्तेजना बढाउनका लागि भियग्राकै सहारा लिनुपर्छ भन्ने छैन । हाम्रै भान्सामा हुने विभिन्न खानेकुराहरुले भियग्राको जस्तो काम गर्न सक्छन् । यहाँ अनलाइनखबरले ती  खानेकुराहरुबारे जानकारी गराउँदैछौं ।

अनार

अनारले स्वास्थ्यलाई दिने अनेकन फाइदाका अलावा यसलेउ भियग्राको जस्तो काम पनि गर्छ । अनारले रगतको प्रवाहलाई नियन्त्रण गर्छ र यसलाई जनन्द्रीयतर्फ लैजान्छ । कामोत्तेजक समयका लागि यो एउटा चमत्कारी फल हो ।

ओखर

कडा इरेक्सनका लागि ड्राइ प|mुट्सलाई सँधै उपयोगी मानिदै आएको छ । यिनीहरुमा ओमेगा ३ फ्याटी एसिड र भिटामिन बी ३ हुन्छन् जसले शुक्राणुहरुको क्षमतालाई बढाउँछन् र पुरुषको यौनाङ्गमा रक्तप्रवाह बढाउँछन् ।

तरबुजा

हालै गरिएको एक अध्ययनबाट पत्ता लागेको छ कि तरबुजा पनि भियग्रा जस्तै प्रभावशाली हुन्छ । तरबुजको टुक्रामा यसको बोक्राको ठिक मुनि हरियो रंगको जुन भा छ त्यसमा सिट्रुलाइन प्रचुर मात्रामा हुन्छ ।

सुट्रुलाइन शरीरमा अर्गानिक  नाइट्रिक एसिड बनाउन सहायक हुन्छ । नाइट्रिक एसिड एक सिद्ध योगिक हो जसले पुरुषहरुमा यौन आकांक्षालाई बढाइदिन्छ र इरेक्सनलाई बलियोउ बनाउन पनि सघाउँछ ।

अन्डा

बलियो इरेक्सनका लागि अन्डा एउटा उत्कृष्ट आहारा हो । यसमा भिटामिन डी, बी५ र बी६ हुन्छ । यी सबैले प्रभावकारी रुपमा सेक्सको इच्छा जागृत गर्न भूमिका खेल्छन् जसले गर्दा आफ्नो साथीसँग उत्तेजित समय बिताउन सकिन्छ ।

पालुंगो

भिटामिनबाट समृद्ध भएकाले पालुंगोलाई विश्वभरमै स्वास्थ्यका लागि उत्कृष्ट खाद्यपदार्थ मानिएको छ । पालुंगोले पनि भियग्राको जस्तो काम गर्छ । यसमा आइरन, म्याग्नेसीयम र भिटामिन ई हुन्छन् जसले गर्दा यसले योन इच्छा बढाउन सहयोग गर्छ ।

केरा

केरामा ब्रोमेलिन नामक इन्जाइम हुन्छ जसले प्राकृतिकरुपमा सेक्सको इच्छालाई बढाउँछ । केरामा पोटासियम र म्याग्नेसियम लगायत अन्य कैयन् पोषक तत्व पनि हुन्छन् जसले कामवासना बढाउनका साथै अरु पनि थुप्रै फाइदा पुर्‍याउँछ ।

अलैंची

भियग्राजस्तै काम गर्ने खाद्य पदार्थको सुचीमा अलैंची सबैभन्दा अगाडि आउँछ । अलैंचीमा सिनेओले नामक एक यौगिक हुन्छ जसले जनन्दि्रयमा रक्तप्रवाहलाई बढाउँछ । यसले गर्दा कडा इरेक्सन प्राप्त हुन्छ ।

किसमिस

किसमिसले पनि सेक्स ड्राइभलाई बढाउँछ । किसमिसको सेवनबाट कैयौं प्रकारका यौनजन्य समस्या, जस्तै इरेक्टाइल डिसफङ्सन आदिबाट छुटकारा पाउन सकिन्छ । यसले शरीरमा उर्जा बढाउनुका साथै सेक्सको समयमा पनि सहयोग गर्छ ।

बदाम

बदाममा हुने फ्याटी एसिडले पुरुषहरुमा हार्मोन उत्पादनमा मुख्य भूमिका खेल्छ । काँचो बदाम खाँदा अझै बढि फाइदा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment