+
+
Shares

फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १९ गते ८:२०

१९ माघ, काठमाडौं । क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् ।

क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ ।

६८ वर्षका उनले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् ।

केही महिनादेखि एन्जल फिडेल  डिप्रेसनको शिकार बन्दै आएका थिए । डिप्रेसनपछि उनलाई केही समय अस्पतालमा राखेर उपचार गरिएको थियो । पछिल्लो समय चिकित्सकहरुको समूहले उनको घरमा उपचार गर्दै आएको थियो । चिकित्सकको निगरानीमै रहेका बेला उनले बिहीबार आत्महत्या गरेका हुन् ।

उनी फिडेलीटोको नामबाट चर्चित थिए ।

तत्कालीन सोभियत संघमा विज्ञान विषय लिएर पढेका  फिडेलीटो आणबिक भौतिक शास्त्री हुन् । उनले क्युबा सरकारको सल्लाहकारको रुपमा समेत काम गरेका थिए ।

उनका पिता फिडेल क्यास्ट्रो क्युबाली क्रान्तिको नायकका रुपमा चिनिन्छन् । जसको निधन २०१६ नोभेम्बरमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?