+
+
Shares

प्रचण्ड र सुष्मा स्वराजबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १९ गते ९:००
माओवादी अध्यक्ष प्रचण्ड र भारतीय विदेशमन्त्री सुष्मा स्वराज भेटवार्ता गर्दै । तस्वीर: विकास श्रेष्ठ/अनलाइनखबर

१९ माघ, काठमाडौं । नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राजनीतिक भेटवार्तालाई आज पनि निरन्तरता दिएकी छन् ।

बिहीबार काठमाडौं उत्रिएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी स्वराजले अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिरहेकी छन् । सोल्टी होटलमा जारी भेटमा पछिल्लो राजनीतिक परिस्थिति र आपसी हितकाबारेमा छलफल भइरहको बताइएको छ ।

स्वराजले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछिन् । राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न उनी आफू बस्दै आएको होटल सोल्टीबाट ११:४५ बजे शितल निवास प्रस्थान गर्नेछिन् । शितल निवासबाट साढे १२ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जानेछिन् ।

स्रोतका अनुसार, मधेस केन्द्रित दलका नेताहरुसँग पनि स्वराजले भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

सुष्मा स्वराज सवा २ बजे एयरपोर्टतर्फ प्रस्थान गरी ३ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?