+
+
Shares

दिनेशको ‘वारी दरौ’मा रीना र निरको छमछमी (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १९ गते १६:२७

टोकियो । सर्जक दिनेश गुरुङको मौलिक शब्द रचनामा तयार पारिएको गीत ‘वारी दरौ’को भिडियो सार्वजनिक गरिएको छ ।

युवा गायक राजन कार्की र गायिका सीता के.सी.को स्वर रहेको गीतमा नृत्यांगना रीना थापामगर र निर आलेमगरको आकर्षक नृत्य रहेको छ ।

स्याङ्जा जिल्लामा जन्मिएका गुरुङले आफ्नो गाउँघरमा लाहुरबाट छुट्टिमा आएको लाहुरेको घरमा सालैजो,कौडा गाउने प्रचलनलाई नै गीतमा उतारेको बताए ।

‘म सानोछँदा एक चोटी बाजे लाहुरबाट आउँदा गाउँका आमासमूह रोधी बस्न आएका थिए, त्यत्तिबेलाका भाकाले साह्रै मन छुन्थ्यो’, गुरुङले पुराना दिन सम्झिदै भने ।

गाउँघरमा गाइने मौलिक भाका र शब्दको समिश्रण रहेको गीत ‘वारी दरौ’मा परदेशबाट आएको लाहुरे र प्रेमिकाबीचको प्रेमलाई प्रस्तुत गरिएको छ ।

प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

पोखरामा छायांकन गरिएको भिडियो श्री सिंपाल तमु धिं समाजको सहयोगमा निर्माण गरिएको हो ।

तीजे गीतपछि सालैजो गीत रचना गरेका गुरुङ एनआरएनए आईसीसी सदस्य समेत हुन् । गुरुङ दुई दशकदेखि जापानमै छन् ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?