+
+
Shares

सरकारले व्यापारीलाई एक वर्षमा दियो ८० अर्ब भन्सार छुट

आर्थिक ऐनबाट आन्तरिक राजस्वतर्फ कति छुट दिइयो भन्ने अभिलेख भने राखेको नपाइएको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले २०८०/८१ मा व्यापारीलाई कर छुटको रूपमा करिब ७९ अर्ब रुपैयाँ बराबरको भन्सार राजस्व छुट दिएको पाइएको छ।
  • महालेखा परीक्षकको प्रतिवेदन अनुसार, यी छुटहरूको अभिलेख अर्थ मन्त्रालय वा आन्तरिक राजस्व विभागसँग नराखिएको भेटिएको छ।
  • राजस्व छुटको दायरा बढ्दै गएकोले यसको विश्लेषण र एकीकृत तथ्यांक संसद्‍मा पेस गर्न सुझाव दिइएको छ।

३१ वैशाख, काठमाडौं । सरकारले व्यापारीलाई एक वर्ष अवधिमा ७९ अर्ब ८७ करोड रुपैयाँ बराबर भन्सार राजस्व छुट दिएको पाइएको छ ।

आव २०८०/८१ मा सरकारले उक्त रकम बराबर भन्सार राजस्व छुट दिएको महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । सरकारले आर्थिक ऐनमार्फत यस्तो छुट दिएको पाइएको छ ।

आसिकुडा प्रणाली अनुसार उक्त छुट रकम देखिएको हो । आर्थिक ऐनबाट आन्तरिक राजस्वतर्फ कति छुट दिइयो भन्ने अभिलेख भने राखेको नपाइएको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

यस्तो अभिलेख अर्थ मन्त्रालय वा आन्तरिक राजस्व विभागसँग नरहेको पाइएको छ । उता, साफ्टा सुविधा अन्तर्गत मालवस्तु पैठारी गर्दा भन्सार महसुल ४ अर्ब ८७ करोड ८८ लाख रुपैयाँ र मूल्य अभिवृद्धि कर छुट भएको महालेखाले जनाएको छ ।

सम्बन्धित आयोजनाले बोलपत्र आह्वान गर्नु अगावै मास्टरलिस्ट स्वीकृत गराएको अवस्थामा मात्र छुट दिने र सुविधामा पैठारी भएका मालवस्तु उपयोग सोही आयोजनामा भए–नभएको अनुगमन गर्नुपर्ने प्रावधान महालेखाले स्मरण गराएको छ । राजस्व छुटको दायरा बढ्दै गएको भन्दै यसको विश्लेषण गर्न र एकीकृत तथ्यांक संसद्‍मा पेस गर्नसमेत सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?