Comments Add Comment

रामेछाप सिभिल च्याम्पियनसीप भलिबलको उपाधि सुदूरपश्चिमाञ्चललाई

२१ माघ, रामेछाप । सदरमुकाम मन्थलीमा भएको रामेछाप सिभिल च्याम्पियनसीप २०७४ तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि सुदुरपश्चिमाञ्चलले जितेको छ ।

शनिबार विवादकै बीचमा सम्पन्न भएको फाइनल खेलमा शान्तिदीप युवा क्लब मन्थली रामेछापलाई ३/२ को सेटमा हराउदै सुदूरपश्चिमाञ्चलले प्रतियोगिताको पहिलो संस्करणको उपाधि जितेको हो ।

शनिबार खेलको अन्तिमा सेटमा शान्तिदीप युवा क्लबका खेलाडीहरुले साँझ परेको भन्दै खेल स्थगित गर्न माग गरेपछि खेल विवादित बनेको थियो ।

बेस्ट अफ फाइभमा खेलाइएको खेलमा अन्तिम सेटमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रले १२ र शान्तिदीप युवा क्लब मन्थलीले ९ स्कोर प्राप्त गरेका थिए । यसअघिको ४ सेटमा शान्तिदीप र सुदुरपश्चिमाञ्चलले २/२ सेट जितेका थिए ।

खेल विवाद भएपछि रामेछापका प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठ, प्रदेशसभा सांसद शान्तिप्रसाद पौडले, निर्णायक र आयोजकबीच छलफल गरी सहमतिमा पूरा खेल नखेलाई सुदूरपश्चिमाञ्ललाई विजेता घोषणा गरिएको थियो । विजेता सुदूरपश्चिमाञ्चलले १ लाख ५० हजार नगद हात पारेको छ भने उपविजेता शान्तिदीप युवा क्लब मन्थली रामेछापले १ लाखमा चित्त बुझाएको छ ।

शनिबारै भएको खेलमा नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापलाई ३-२ को सेटमा हराउदै मन्थली युनाइटेड समाज मन्थलीले तेस्रो उपाधि सहित नगद ५० हजार हात पारेको छ ।

खेलमा नेपाल लोकतान्त्रिक संघले रामेछापले सान्त्वना पुरस्कार ३५ हजार पाएको छ । जिल्ला खेलकुद विकास समिति रामेछापले आयोजना गरेको प्रतियोगितामा साविकका पाँच विकास क्षेत्र र रामेछापका पाँच टिम गरी १० टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment