+
+
Shares

स्वराजको भ्रमणले गलत परम्परा तोडियो : प्रदीप ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २१ गते १४:०३
फाइल फोटो

२१ माघ, काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले स्वराजको यो भ्रमणबाट नयाँ परम्पराको थालनी भएको र नेपालको समथ्र्य बढ्दोछ भन्ने देखिएको बताए ।

रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले नेपालमा सरकार बनाउन लागेको शक्तिसँग मिलेर काम गर्न तयार छौं भनेर प्रधानमन्त्रीको विशेष दूत आउनु सकारात्मक भएको बताए ।

‘नेपालमा सरकार बनाउन बाहृय शक्तिको आशिर्वाद चाहिन्छ भन्ने गलत परम्परा स्थापित हुँदै आएको थियो । त्यो तोडिएको छ’ ज्ञवालीले भने, ‘नयाँ सरकार बन्न लागेको समयमा सरकारको नेतृत्व गर्न लागेको दललाई यहीँ आएर बधाइ दिनु भनेको नेपालको समर्थ्य बढ्दोछ भन्ने हो ।’

एमाले सचिव ज्ञवालीले स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको दाबी गरे । एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको फोन वार्तामा दुवै पक्षले एक-अर्कालाई भ्रमणको निम्तो दिएको भन्दै उनले नयाँ सरकार बनेपछि मोदी नेपाल आउने बताए ।

संविधान जारी भएपछि भारतले आफ्नो नीति पुनरावलोकन गर्न चाहेको संकेत पाइएको ज्ञवालीको भनाइ छ । यद्यपि दुई देशको सम्वन्ध आगामी दिनमा कस्तो हुन्छ भन्ने ठोकुवा गर्न नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?