१९ माघ, महोत्तरी । मदिरा बिक्री सहज बनाइदिने भन्दै १० हजार घुस लिँदालिँदै धनुषाको जनकपुरमा एक घुमुवा प्रहरी जवान पक्राउ परेका छन् ।
जनकपुर उपमहानगरपालिकाको लक्ष्मीनियाँ अस्थायी प्रहरी पोष्टमा कार्यरत घमुवा प्रहरी मनोज कुमार पर्सौला घुसहित पक्राउ परेका हुन् ।
सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासबाट खटिएको छोलीले उनलाई उपमहानगरपालिका ७ को सार्वजनिक चोकबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4