+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रदेश २ः कांग्रेस संसदीय दलको नेता बने रामसरोज

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २२ गते १६:२८

२२ माघ, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् ।

प्रदेशसभाको पहिलो बैठक बसेको भोलिपल्ट कांग्रेसले सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । दलको नेता बनेका यादव धनुषा सभापति पनि हुन् ।

प्रदेश २ मा कांग्रेस चौथो दल हो । संघीय समाजवादी फोरम र राजपा नेपाल मिलेर सरकार बनाउने प्रयासमा छन् भने एमाले प्रमुख विपक्षी दल बनेको छ ।

दलको नेता यादवले अनलाइनखबरसँग कुरा गर्दै सरकारमा जाने नजाने अहिले भन्न नसकिने बताए । उनले भने, ‘उनीहरुले मिलेर सरकार बनाए भने जाने कुरा आएन । तर, के हुन्छ अहिले भन्न सकिने अवस्था छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?