+
+

राष्ट्रियसभा निर्वाचन भोलि, ३२ पदका लागि ५२ जना प्रतिस्पर्धामा

प्रदेश २ मा चुनाव नहुने

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २३ गते १७:४९

२३ माघ, काठमाडौं । बुधबार देशका ६ वटा प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ ।

प्रदेश नम्बर २ मा सबै ८ पदमा सदस्यहरु निर्विरोध चयन भएकाले बुधबार मतदान हुने छैन । राष्ट्रियसभाका ५६ सदस्य चयनका लागि हुने निर्वाचनमा २४ जना निर्विरोध भइसकेका छन् भने ३२ पदमा मात्र निर्वाचन हुँदैछ । ३२ पदमा ५२ जनाले उम्मेदवारी दिएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ । जसमा ३ जना खुला, ३ जना महिला, एक जना अपांग वा अल्पसंख्यक र एक जना दलित सदस्य रहन्छन् ।

प्रदेश ३ र ६ का सबै ८ पदमा निर्वाचन हुँदैछ । प्रदेश १ मा दलित र अपाङ्ग वा अल्पसंख्यक सदस्य चयनका लागि मतदान हुँदैछ । प्रदेश ४ मा महिला, अन्य र दलित सदस्य चयनका लागि मतदान हुँदैछ । प्रदेश ५ मा अन्य, दलित र

अल्पसंख्यक वा अपाङ्ग सदस्य चयनका लागि मतदान हुँदैछ । प्रदेश ७ मा दलित र अल्पसंख्यक वा अपांग सदस्य चयनका लागि मतदान हुँदैछ ।

निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिएको छ ।

राष्ट्रियसभा निर्वाचनमा स्वस्तिक छापको प्रयोग नहुने भएको छ । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतसंकेत गर्न स्वस्तिक चिहृनको प्रयोग भए पनि राष्ट्रियसभा निर्वाचनमा भने मतदाताले उम्मेदवारको नाम भएको कोठामा रेजा चिहृन लगाएर मत संकेत गर्नुपर्नेछ ।

प्रदेश नम्बर २ मा सबै ८ पदमा सदस्यहरु निर्विरोध चयन भएकाले बुधबार मतदान हुने छैन । राष्ट्रियसभाका ५६ सदस्य चयनका लागि हुने निर्वाचनमा २४ जना निर्विरोध भइसकेका छन् भने ३२ पदमा मात्र निर्वाचन हुँदैछ ।

मतभार अनुसार अलग अलग मतपत्र

राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख उपप्रमुखले मात्र मतदान गर्नेछन् । प्रदेश सांसद ५५० जना र स्थानीय तहका प्रमुख र उपप्रमुख १५०६ जना मतदाता रहेका छन् ।

प्रदेश सांसदको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ हुनेछ । त्यसैले उनीहरुले मतदान गर्ने मतपत्रसमेत फरक फरक हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले भने ‘मतदानका लागि प्रदेश सभाका सदस्यले हरियो रंगको मतपत्रबाट र स्थानीय तहका मतदाताले रातो रङ्गको मतपत्रमा मत सङ्केत गर्नु हुनेछ ।’

चारवटा मतपत्र

निर्वाचनमा महिला, अन्य, दलित र अल्पसंख्यक वा अपांग सदस्य चयनका लागि अलग अलग मतपत्र हुनेछ । तीन महिला र अन्य ३ सदस्यका लागि एकल सङ्क्रमणीय मतका आधारमा मत सङ्केत गर्नुपर्ने हुन्छ । ‘यसमा मतदाताले बढीमा तीनजना उम्मेदवारलाई १, २ र ३ भनी प्राथमिकता तोक्नुपर्नेछ’ प्रमुख आयुक्त यादवले भने ।

दलित र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायका सदस्य चयनका लागि भने सदस्यको नाम अगाडिको खाली कोठामा रेजा चिहृन लगाउनुपर्नेछ ।

मतदाताले मतदान गर्न जाँदा आफू निर्वाचित भएको प्रमाणपत्र लिएर जानुपर्नेछ । यदि प्रमाणपत्र हराएमा वा बिगि्रएमा मतदाता परिचयपत्र वा नागरिकताको आधारमा पनि मतदान गर्न पाउने आयोगले जनाएको छ ।

माघ २५ गतेभित्र मतपरिणाम

दलित र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायका सदस्य चयनका लागि भने सदस्यको नाम अगाडिको खाली कोठामा रेजा चिहृन लगाउनुपर्नेछ ।

बुधबार १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । मतगणना सकिएलगत्तै मतगणना शुरु हुने आयोगले जनाएको छ । मतगणनामा सहयोग गर्न आयोगले ६ वटै प्रदेशमा टोलीसमेत खटाएको प्रमुख आयुक्त यादवले जानकारी दिए । माघ २५ गतेसम्म मतगणनाको नतिजा आउने उनले बतताए ।

‘आयोगले सातवटै प्रदेशको अन्तिम परिणाम प्राप्त गरेपछि आवश्यक तयारी पूरा गरी राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम यथाशीघ्र राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी पनि आयोगले गरेको जानकारी गराउन चाहन्छु’ उनले भने ।

प्रतिनिधिसभाको नतिजा फागुन पहिलो हप्ता

आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनको मत परिणाम आए लगत्तै प्रतिनिधिसभा सदस्यको समानुपातिकको नतिजा दिने बताएको छ । आयोगले सुरुमा दलहरुले प्राप्त गरेको सिट संख्या, समावेशी समूहबाट हुने प्रतिनिधित्व, न्यूनतम मतसीमा दलहरुलाई पठाएर उम्मेदवार सिफारिस गर्न दलहरुलाई तीन दिनको समय दिएर पत्राचार गर्ने जनाएको छ ।

‘दलहरुले गरेको सिफारिस अनुसार समावेशी समूह मिले नमिलेको जाँच गरी नमिलेको भएमा मात्रै दलहरूलाई सच्याउन पुनः दुई दिनको समय दिइने व्यवस्था मिलाइएको छ’ प्रमुख आयुक्त यादवले भने । सबै प्रक्रिया पूरा गरी फागुनको पहिलो हप्ताभित्रै राष्ट्रपतिलाई नतिजा बुझाउने प्रमुख आयुक्त यादवले बताए ।

को को भए निर्विरोध निर्वाचित ?

प्रदेश १

अन्य सदस्य  : रमेशजंग रायमाझी, परशुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी
महिला सदस्य : सरिता प्रसाईं, नैनकला ओझा, बिना पोखरेल

प्रदेश २

अन्य सदस्य : जितेन्द्रनारायण देव, रमेशप्रसाद यादव, सुमनराज प्याकुरेल
महिला सदस्य : शशीकला दाहाल, मुक्ताकुमारी यादव, प्रमिलाकुमारी
अल्पसंख्यक : वृषेशचन्द्र लाल
दलित : रामप्रित पासवान

प्रदेश ४

अल्पसंख्यक वा अपांग : प्रकाश पन्थ

प्रदेश ५

महिला : अनिता देवकोटा, कोमल ओली, मीना बुढा

प्रदेश ७

अन्य सदस्य : बद्री पाण्डे, शेरबहादुर कुावर, हरिराम चौधरी
महिला : तारादेवी भट्ट, इन्दु कडरिया, कमलाकुमारी ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?